कलश खरेल
३० मार्च, वार्सावा । अद्दीतिय कलाको सर्वमान्य फेरिस्त गीत-सङ्गीत जहाँ कुनै दायरा र परिधिको सिमाना हुदैन ताकि हरेक मानिसले सर्वप्रिय धुनमार्फत उत्कृष्ट तृष्णा तृप्त गर्ने साहारा भेट्दछन्।गीतलेनै आपसी कटुतालाइ मित्रतामा बदल्छ जसको शक्ति अदम्य छ।सायद पछिल्ला दिनहरुमा गीत-सङ्गीतमा हरबखत सामीप्यताको गाँठोमा नझुमेको मानिस नग्ण्य हुन्छन्, किनकी गीतनै सुख दुःख हरपलको साहारा बनेको छ।मानिसको आकर्षण यतिसम्म उत्कर्षमा पुग्यो कि गीतको धुनबिना निन्द्राको पलमा आखाँका परेलिले पनि डुबुल्की मार्न सक्दैनन्।कुनै व्यक्ति चाहे मृत्युको दोसाँधमा किन नपुगोस् तर गीतको अनुपम धुनले उसले जिवनको अन्तिम मोडमा पनि एक छिन रमाइरहेको हुन्छ।आफ्नो सिमा र परिधिलाई समेत बिर्षेर एउटा गायक दर्शक-दिर्गालाई गीतको समधुर आवाजमा झुमाउन तल्लिन हुन्छ जहाँ आफ्नो पीडा र बेदना उसका लागि मानक हुँदैन।नेपालको सन्दर्भमा जोडेर नियाल्दा कयौँ मुर्धन्य र अमुल्य निधि एंव स्रस्टाको उदय भयो जसले नेपाली लोकभाका, परम्परा एंव सस्कृतिलाई कर्णपृय गीतमार्फत राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा चिनारिको अब्बल दर्जामा पुर्याए।
पछिल्लो समयमा सस्तो लोकप्रियताको ताज पहिरने र हराउने परिपाटी नभएको पनि हैन यधपी सदैब गहकिला- मौलिकतालाई अग्रभागमा राखेर उत्कृष्ट गीत पस्किरहने सदाबाहार दर्जामा शिरीष देवकोटाको नाम अब्बल स्थानमा आउँछ।देवकोटा यस्ता कलाकार हुन जसले नेपाली बृतबाट लोप हुन लागेको रोईला (खेली) गीतलाई समाजमा पुनः स्थापित गराए।खासगरी रोईला गीतका शुत्रधारको रुपमा पनि देवकोटालाई लिइने गरिन्छ।बहुआयामिक एंव कुशल गायक देवकोटाको संख्यात्मक रुपमा श्रीजना कम होलान् तर उनको गीत सदाबाहार सर्बपृय एंव गुणात्मक हुन्छ।उनी गीत-सङ्गीतमा यात्रा तय गरिसकेपछी कहिल्यै पछाडी फर्केर हेर्नु परेन किनकी उनको खासियतानै दर्शक-श्रोताको मन-मस्तिष्कमा रङ्गीनता पर्दापण हुन पुग्यो।आज हामी सम्पुर्ण लोक-पारखिका ढुकढुकी, लोक-दोहोरिका नायक शिरीष देवकोटाको सन्दर्भमा चर्चा-परिचर्चा गरेका छौ।पाल्पा जिल्लाको बगनशकाली-५, दर्लमडाडामा बुवा सुर्यप्रसाद देवकोटा र आमा टुल्का देबि देवकोटाको कोखबाट सुपुत्रको दर्ज्यानी चिन्ह प्राप्त गरि धर्तिमा आरोहण गरेका देवकोटा बाल्यकालदेखि नै निकै बुद्धिमानी, कृयाशिल, लगनशील पात्रको रुपमा समाजमा द्रब्य भए।बाल्य उमेर देखि नै उनको झुकाब र लगाब लोक-गीतमै केन्द्रित हुन पुग्यो।घरमा रेडियो बज्दा समेत उनी कतिखेर गीत बज्छ भनेर ध्यानमग्न भएर सुन्थे।गाउँघरमा पूजा आजा अनि विशेष बेला गाउने गरिने खेली(रोइला) भने जानी नजानी गाउने गर्थे!!गाउँकै अंकल आण्टीहरु सङ्ग खेली गाउन् सिके हरेक पल, क्षण गीत गुनगुनाउन उनी अभ्यस्त हुन्थे।यद्यपी उनि आफ्नी आमाको प्रेरणा र हौसलाले लोक गायक बन्न ठुलो सहयोग मिलेको कुरालाई आफ्नो सफलताको कडी मान्छन् ।
जिवनको आलब्यता नै गीतको उदगारमा प्रेसित गरेका देवकोटाले २०५९ सालमा क्याम्स बन्द भन्ने एल्बम बजारमा सम्प्रेषण गरि औपचारिक गायन यात्राको अध्याय सुरु गरे।त्यसै क्रममा २०६१ सालमा उनको आवाज लिपिवद्ध गीतहरु खरबारिमा जान्छु, मुठी लिन्छु टोलाउछु, पात बजाउदै बोलाउछु र २०६४ सालमा प्रकाशित गीतिसङ्ग्रह शहितको रगत जस्ता अलौकिक गीतहरु वास्तवमै कर्णपृय रहे।खासगरी २०६५ सालमा निस्केको रोईला गीत ‘म त आउने थिईन यहि चाल हुने भा’ले बजारनै ततायो यति सम्म के बुढा के बुढी, के केटा केटि हरेकको मुख-मुखमा त्यही गीत गुन्जिन पुगेको थियो।खास गरि गाउँ, भन्ज्यांग, चौतारीमा गुन्जिने नेपाली खास लोकपनलाई उक्त गीतले मुखारित गरेको थियो।रोईला गीत नै देवकोटाको लागि चर्चाको उत्कर्षमा पुर्याउने दरबिलो खम्बा बन्यो।नेपाली समाजबाट झन्डै-झण्डै हराइसकेको मौलिक भाकालाई साङ्गीतिक बजारमा पुनर्जीवन प्रदान गर्ने एक गायक मात्र नभएर सारत्व प्रदान गर्ने सारथि हुन् देवकोटा।लोक गीतका भाकालाई समुन्न्त बनाउने अभियन्ता मध्ये एक हुन देवकोटा जसले हरेक गीतमा नेपाली पना, चलनचल्तिका शब्दलाई चुस्तदुरुस्त राख्न हरपल मौजुदा रहे।त्यसैगरी २०६६ सालमा करुवामा पानी, २०६७ सालमा नजरैको भर, २०६८ सालमा अन्तिम भेट, २०७० सालमा दुर्गा हौ कि भवानी २०७१ सालमा माया लाउन मिल्छ र, २०७३ मा यो दाई फेरि आउदैन, २०७४ मा मालचरी र २०७५ मा चाचर लगायत का दर्जनौ गीत श्रोतामाझ प्रेसित गरेर लोक-गीतको ओजलाई अनुकरणीय बिन्दुमा पुर्याए।कयौ बाधा ब्यबधानलाई चिर्दै गायन यात्रालाई अटल राख्न सफल गायक देवकोटा बिगतमा रास्ट्रीय लोक-दोहोरी प्रतिस्ठानको केन्द्रिय सचिब भएर कार्य सम्पादन गरे भने हाल सङ्गीत रोयल्टी समाजको कार्यकारी सदस्य छन्।
उनी २०७१ मा नुरगङ्गा रास्ट्रीय प्रतिभा पुरस्कार एंव लोकसङ्गीत प्रबद्धन पुरस्कार सामुदायिक रेडियो मदन पोखरा पाल्पाबाट सम्मानित भए।त्यसैक्रममा कालिका एफ एम विशेष सम्मान लगायत दर्जनौ सम्मानबाट पृस्कृत देवकोटाको योगदान अपरम्पार छ।दर्जनौ पटक देश-विदेशमा आयोजना हुने साङ्गीतिक कार्यक्रममा उनी सहभागी भैरहेका छन् जहाँ गायक देवकोटा प्रतिको आम नेपालीको क्रेज उत्कर्षमा पुगेको देखिन्छ।स्नातकोत्तर सम्म अध्यन पूरा गरेका देवकोटा हाल शैक्षिक ब्यबसाय westkink education and visa services मा आबद्ध छन जुन काठमाडौमा अबस्थित छ।फुर्सदको समय उक्त सँस्थाबाट नेपाल बाहिर अध्ययन गर्न जाने विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिदै आएका छन्। उनको साङ्गीतिक पाटोलाई सकारात्मक भावमा अध्ययन गरि लोकगीत-सङ्गीतलाई जिवन प्रयन्त बनाउने अभियान फलदायी हुने देखिन्छ।