ठगी तथा जवरजस्ती करणी कसुरको अभियोगमा १ जना नक्कली पत्रकार पक्राउ परेका छन्
१. अभियूक्तको नामः- महेश भन्ने भुवन धिताल
२. पक्राउ मितिः- २०७५।१२।१३ गते
३. पक्राउ स्थानः- वाँके र दाङको सीमामा
४. मुद्दाः- ठगी ( ५ जना पीडितको सामूहिक जाहेरी)
जवरजस्ती करणीः- ३ जना वाट छुट्टा छुट्टै जाहेरी दिएको ।
विशेष गरी शैक्षिक स्तर कम भएका, एकल, श्रीमान विदेश भएका महिलालाई समूहमा वसेर पैशा उठाउने र लगाउने गर्यो भने राम्रो कमाई हुन्छ भनि ढुकुटी खेलाई शुरुमा केही रकम लगानी गर्ने र त्यसपछि Blank Check मा हस्ताक्षर मात्र गरेर लिने र त्यसमा मनोमानी ढङ्गले रकम, मिति लेखेर चेक वाउन्स गर्ने, वेईज्जत गर्छु, म पत्रकार पनि हुँ पत्रिकामा छपाइ दिन्छु, मेरो पहुँच माथी सम्म छ आदी इत्यादी भनी डरत्रास देखाई ३६% प्रतिशतका दरले व्याज असुल उपर गर्ने र विभिन्न वहाना, प्रलोभन देखाई Blackmail गरी महिला उपर शारीरिक शोषण समेत गर्ने र पीडीत महिलालाई निरन्तर धम्क्याउने र शोषण गर्ने कार्य गरी आएका निज उपर पीडीत महिलावाट ठगी र जवरजस्ती करणीको लिखीत जाहेरीका आधारमा अनुसन्धान भइरहेकोमा निज यस जिल्लावाट वाँके हुँदै काठमाण्डौ तर्फ भाग्न लागेको अवस्थामा दाङ र वाँकेको सीमावाट गाडी सहित मिति २०७५।१२।१३ गते साझँ पक्राउ गरि सम्मानित दाङ देउखुरी जिल्ला अदालतवाट ५ (पाँच) दिनको म्याद थप समेत भई अनुसन्धान कार्य भईरहेको । निजवाट पीडित भएकाहरुको जाहेरी आउने क्रम जारी रहेको, यस कार्यमा निज सँग को को संलग्न छन् निजले यसका अतिरिक्त के कती अपराध गरेका छन् त्यसको समेत खोजविन भइरहेको साथै निजवाट थुप्रो मात्रामा चेक र तमसुक वरामद भएकोले सो सम्वन्धमा तथा निजको आर्थीक श्रोत, आम्दानी र हालको सम्पतीका सम्वन्धमा समेत अनुसन्धान गरी प्रमाण सहित थप अनुसन्धानका लागी सम्पती सुद्धिढीकरण विभागलाई समेत पठाईने व्यहोरा जानकारी गराईन्छ । साथै, निजवाट पीडित भएकाहरुलाई थप जाहेरी तथा जानकारी दिन समेत अनुरोध गरिन्छ ।
निजको पृष्ठभूमी: मिति २०३५ साल जेष्ठ १ गते उरहरी ८ बेलगनार दाङ स्थित जन्मेका भुवन भन्ने महेश धिताल सामान्यतया एस.एल.सि.पास गरी मिति २०६० साल बैशाख महिनामा वैदेशिक रोजगारको सिलशिलामा मलेशिया स्थित करिव ३ वर्ष कामकाज गरी मिति २०६३ सालमा आफ्नै घर उरहरी तर्फ फर्की करिव २/३ वर्ष सम्म आफ्नै घरमा बसेर खेतिपाती तथा किसानी (कृषी) कामकाज गर्ने गरेको । मिति २०६६ सालमा फेरी वैदेशिक रोजगारको शिलशिलामा दुवई गई करिव २ वर्ष २ महिना कामकाज गरी पुनः २०६८ साल तिर घर फर्केर सुरुमा साबित घोराही नगरपालिका १५ दिपशिखा रोडमा अन्दाजी ३ बर्ष सम्म होटल सञ्चालन गरेको र पछि घोराही नगरपालिका १५ स्थित ईन्द्रेणी टोलको रोड साइडमा रहेको टिनको १ तले घरमा होटल सारी ७/८ महिनासम्म चलाएर मिति २०७२ साल तिर वन्द गरेको र निजले सो पश्चात केही महिना घरमा नै वसी त्यस जग्गा कारोवारोमा दलाल काम समेत गरेको र सोही समय देखि ३६% प्रतिशत व्याजमा पैसा लगाउने, ढुकुटी खेलाउने र ठगी तथा अन्य जघन्य अपराधमा संलग्न रहेको ।
साथै निजवाट वरामद भएका चेक तथा तमसुक सहितको विवरणः-
१. चेक संख्या – ८२ थान
२. चेक रकम – १,६९,००,००० ।- (एक करोड उनन्सत्तरी लाख)
३. खाली चेक – २
४. तमसुक – ३२ वटा
५. तमसुक रकम – १,२४,००,००० ।- (एक करोड चौविस लाख)
६. ढुकुटी खेलाएको रजिष्टर – ४ वटा
७. खाली समसुक – ४ वटा
८. पत्रकार परिचय पत्र – १ थान
९. मोवाईल – २ थान
१०. नगद – १८,५०० ।- (अठार हजार पाँच सय)
११. सुनको औठी – २ वटा
१२. व्रासलेट – १ वटा
१३. वा १५ च ७६६८ नं. को सेतो Ford गाडी १
१४. भे ८ प ३९५५ नं. को Honda स्कुटी १
१५. घडी – १ थान
श्रोत : जिल्ला प्रहरी कार्यालय दाङ
गणतन्त्र राष्ट्रिय दैनिक
जागरण अनलाइन
तुलसिपुर अनलाइन