प्रतिभावान एंव तेजस्वी गायक खड्का

कलश खरेल

२७ मार्च, वार्सावा ।गीत-सङ्गीत सामान्य तबरबाट प्रदिकृत हुँदा भाव सरल हुन्छ यधपी समाज, सस्कार, परम्परा ,परिवेश, वातावरणलाई समाविष्ट गरि पर्दामा पदार्पण गरिने गीत दार्शनिक हुन्छन्।सायद सङ्गीतको रागमा जिबनको उत्कृष्ट लयात्मक खण्डबाट आम मानिसले प्रतिक्रियात्मक स्वर्गीय आनन्द लिइरहेको कैयौ दृष्टान्त छन् । सङ्गीत भित्रको अमुल्य धारा लोक गीत जुन आम मानिसका  कृयाको लयात्मक अभिब्यक्ती हो जस अन्तर्गत सुख-दुख,मिलन-बिछोड,हर्ष-बिष्मात,उकाली-ओराली,कुना-कन्दरा,देउराली-चौतारी जस्ता चलनचल्तीमा द्रवीभूत भैरहने बिषयलाई वाणिमा रुपान्तरित गरिन्छ जहाँ कयौ मानिसले सुकमोल छन्दात्मक भावमा मनको तिर्खा मेटिरहेका हुन्छन्। कलाकारिता पनि आफैमा आेजस्वी- गहन हो जसले व्यक्तिगत जिवनको परिधिलाई त्यागेर समाज,परिवेश र लोक सम्रचनाको मुख्य कडिको रुपमा उदाएका हुन्छन् । खासगरी समाज र आम-मानिसको जिबनमा स्खलित हुने बिषयलाई कोकिल शब्दमा रुपान्तरण गरि कलात्मक आवाजबाट परिस्थिको चित्रण गरेका हुन्छन्।एउटा कलाकार बेक्तिगत जिबनबाट सामाजिक जिवनमा उद्देलित भैरहदा हरेक-पल,समय केबल समाजको रेखांकनमा समय खर्चने अबस्थामा पुग्छन् जुन स्वयम् कलाकारलाई पनि आभास हुन्छ।एउटा गीतले समाज तरङ्गीत हुन्छ,राष्ट्र ध्यानमग्न हुन्छ जसको कुनै मुल्यमा गडना हुन सक्दैन।कलाकारको एउटा स्वरले हरेक तह-तप्का भावबिव्हल हुन्छ,कति शक्तिशाली हुन्छ गीत-सङ्गीतको पहरेदारी कला जसको कुनै गणतिय मापन हुदैन।यस्तै-यस्तै दार्शनिक, ,राष्ट्र प्रेम ,जनपृय गीतबाट छोटो समयमै  चर्चाको शिखरमा पुगेर आम नेपाली जनताको ढुक-ढुकी बनेका गायक हुन सुर्य खड्का ।कहिले सरकारको लथालिङ्ग ब्यबस्थालाई गीतमा ढालेर गहन सन्देश दिइरहेका हुन्छन भने कहिले प्रेम-बिछोडलाई जादुमय स्वरमा लिपिबद्ध गरेर आम दर्शक -श्रोतालाई चेतना सहित अनुपम मनोरञ्जन प्रदान गरिरहेका हुन्छन।प्रबासमा रहेर पनि  नेपाली लोक गीतलाई शिखरमा पुर्याउन उनले हर-बखत सन्देशमुलक श्रीजनाहरु पस्किरहेका छन् ।

24ABE447-4D50-4FA0-8F0C-5412A5777791आज हामी उनै तेजस्वी एंव होनाहार गायक खड्काको साङ्गीतिक अन्तरङ्ग यात्राको सन्दर्भमा चर्चा -परिचर्चा गरेका छौ।बाग्लुङ जिल्लाको घम्जा माझकेटारमा बुवा रण बहादुर खड्का र आमा गिता खड्काको सुपुत्रको रुपमा धर्तिमा पाइला टेकेका खड्का बाल्यकालदेखिनै तेजस्वी एबम बौद्धिक थिए।हुने बिरुवाको चिल्लो पात भनेझै बाल्याबस्थादेखिनै उनको गीत-सङ्गीत प्रतिको झुकाव यति थियो जहा हरेक गाउँ-टोलमा हुने साङ्गीतिक कार्यक्रममा उनी मादल बजाउन र गीत गुनगुनाउन अग्रस्थानमा दर्ज हुन्थे।२०६० सालमा एस एल सि उत्तिण पश्यात उनी चितवनमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यका साथ स्थानान्तरण भए जहाँ उनको लागि के खोछ्स काना आखो भनेझै नेपाली उखान सामिप्य हुन पुग्यो।खासगरी चितवनमा साङ्गीतिक माहोलले तिब्रता पाउदै थियो।त्यहिक्रममा उनी अध्यनको शिलशिलामै झन्डै ४ बर्ष रोयल दोहोरी साझमा गीत गाउनुका साथै बाध्यबादनमा पनि प्रस्तुती दिए।साङ्गीतिक दौरानकै क्रममा उनले विभिन्न क्षेत्रमा आयोजना भएका दोहोरी प्रतियोगिता भाग लिएर अब्बल स्थान हासिल गरेका कयौ उदाहरण छन।नेपालमा रहदा पनि उनको गीत प्रतिको लगाब र दृणता अधिक थियो यद्दपी तद समय उनका लागि उनका लागि अनुकुल भए जसकारण आम दर्श्क-श्रोतामाझ चिनारी मध्यम रहयो।विभिन्न बिबशता र बाध्यताकाकारण २०६५ सालमा प्रदेशको यात्रा जापानतर्फ तय गरे।जापानमा पनि उनको सघ्रष जारी रहयो।नेपालमै स्थापित नभएको कलाकार प्रदेशबाट लोक-गायकको उपमा आम-मानिसा तरङ्गित गर्न अथाह जटिलता र चुनौती थिए यद्यपि नेपाली लोकगीत  उनको नसा-नसामा रगत सरि तरङ्गीत भएको थियो जहाँ उनको लगाब उच्च कोटिमा पुग्यो।रोक्नेले रोक्न खोजिरहे,छेक्नेले छेक्न खोजिरहे तर उनको निखारता उत्कर्षमा पुग्दै गयो।फलस्वरूप बर्तमान अबस्थामा गायक खड्कालाई उत्कृष्ट कलाकारको दर्जामा आम लोक-दोहोरी पारखिले मन-मनमा,तन-तनमा सजाएका छन् ।

AAD1B180-A92C-40C6-9411-DE43B9FD0232बिगत देखि बर्तमान सम्म झन्डै ८५ भन्दा बडि गीतमा स्वरलहरी दिएका छन् भने आफ्नै श्रीजनामा करिब २५ वटा गीत बजारमा ल्याएका छन।अधिकाम्स गीतहरु सर्जक शिव अखेली सङ्गको साझेदारिमा दर्शक-श्रोतामाझ ल्याएको खड्का बताउछन।पछिल्लोपटक पटक बजारमा आएका अभागी र लागि हाल छेउ सरकारले लाखौं दर्शक श्रोताको मन जितिरहेका छन जुन उनका लागि प्रेणा र उत्साहको गर्बिलो क्षण बनेको छ। गायक खड्का भन्छन “जहाँ बसौ जस्तो अबस्थामा रहौ तर नेपाली गीत-सङ्गीतलाइ सदैब माया गरौ “

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.