पोर्चुगलमा आप्रवासीका लागि आवास भिसा सहज बनाइएको राष्ट्रपतिद्दारा घोषणा आप्रवासी कानुन नीति २००७ खारेज

portugal

पोर्चुगलबाट प्रकाशित अन्लाइन समाचार भोइस अफ नेपाल टि भि ले जनाए अनुसार पोर्चुगलमा आवास भिसा सहज बनाइएको जानकारी पोर्हुगलका राष्ट्रपतिले गराएका छन् । उक्त समाचारमा लेखिएको छ ।

पोर्तुगलमा रहेका आप्रवासीहरुको लागि आवास भिसा पोर्तुगल सरकारद्वारा सहज बनाईएको राष्ट्रपति मार्सेलो रिबेलो दि सौजाले घोषणा गरेका छन्। आप्रवासी कानुनमा भएको सो हेरफर र सहजता राष्ट्रपतिको अफिसियल पेजमार्फत जानकारी दिईएको हो।

नयाँ कानुन अनुसार गैर कानुनी तरिकाले पोर्तुगल छिरेका वा बसोबास गरिरहेका तर कम्तिमा पनि १२ महिनाको सामाजिक सुरक्षा कर ( Social Security Tax ) तिरेकाहरुको लागि आवस भिसा सहज बनाईएको छ।

संविधान सभाको २२ फेब्रुअरीमा बसेको बैठकले पोर्तुगलको राष्ट्रिय भूमिमा प्रवेश गर्ने, बसोबास गर्ने, पोर्तुगल छोड्ने र आप्रवासीहरुलाई देश निकाला गर्ने कानुनको हकमा यहाँको PSD र CDS-PP राजनीतिक पार्टीको बिरुद्धमा PS, PCP, BE र PAN पार्टीका सांसदहरुले दिएको भोटको आधारमा अनुमोदन गरिएको थियो।

राष्ट्रपतिद्वारा घोषणा गरिएको नयाँ कानुनले बिना भिसा वा गैर कानुनी तरिकाले पोर्तुगल प्रवेश गरका र यहाँ बसोबास गरिरहेका आप्रवासी भएतापनि कम्तीमा १२ महिनाको सामाजिक सुरक्षा कर ( Social Security Tax ) तिरेका आप्रवासीहरुलाई कानूनी रूपमा देशमा प्रवेश गरेको मान्यता दिएको छ।

पोर्तुगलको आप्रवासी कानुनमा भएको यो परिवर्तनले आप्रवासी कानुन नीति २००७ लाई खारेजी गरेको छ , जसमा पोर्तुगलको भूभागमा भिसा लिएर कानुनी रुपमा प्रवेश गरेका (Legal Entry with Visa ) लाई मात्रै आप्रवासी आवास अनुमति दिने उल्लेख गरिएको थियो।

राष्ट्रपतिद्वारा घोषणा गरिएको नयाँ कानुन अनुसार आप्रवासी नितिको आर्टिकल १२३ को खारेजी हुनेछ भने सम्पूर्ण आप्रवासीहरुको आवास अनुमतिपत्र आर्टिकल ८८ अन्तर्गत प्रदान गरिनेछ।

source: https://www.voiceofnepal.tv/2019/03/36793/?fbclid=IwAR0I5B-oA9ULmNPoOna81qm2jDwJx49eEZ02YwTb2b5Jdp4Eal26EaM8HCc

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.