रामकृस्ण कंडेल
चैत्र१०
सेवा नै धर्म हो भन्ने मूल मन्त्रबाट प्रभाबित नेपालका बिभिन्न क्षेत्र र पेशामा आबध्द नेपाली हरूको बिशेष भेला बुटवलमा सम्पन्न भएको छ।लामो समय देखि मानब कल्याणमा लागीपरेका महानुभावहरूको भेलाले मानव कल्याण मित्र मन्चको गठन गरेको छ।नेपालबाट भारतमा रोजगारीका लागि गएका व्यक्तिहरुले महिला तथा बालबालिकाको उद्दार, भाषा तथा कला संरक्षण, नेपाल भारत मित्रता एवं समस्या समाधानकालागि स्थापना गरेको प्रवासी नेपाली मित्र मञ्चले नेपालमा पनि सोही प्रकारको संस्था गठन गरेको छ । संस्थाले लिएका उद्देश्य पुरा गर्नकालागि नेपाल सरकारसंग पहलकदमी लिनकालागि प्रवासी नेपाली मित्र मञ्चको मातहतमा रहने गरी आज बुटवलमा भएको भेलाले ‘मानव कल्याण मित्र मञ्च’ गठन गरेको हो । गठित संस्थाको अध्यक्षमा प्रवासी नेपाली मित्र मञ्चका अध्यक्ष समेत रहनु भएका दुर्गाप्रसाद अर्याललाई चयन गरिएको छ ।
संस्थाको उपाध्यक्षमा देवी भट्टराई र रामकृष्ण कंडेल, महासचिवमा गोबिन्द पोखरेल, सचिवमा कबिता पन्थी, सहसचिवमा दिनेश भट्टराई, कोषाध्यक्षमा शालिकराम गौतम, सहकोषाध्यक्षमा मञ्जु भुसाललाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा झविलाल अधिकारी, भिल्लुराम न्यौपाने र मुकुन्द ज्ञवालीलाई चयन गरिएको अध्यक्ष अर्यालले जानकारी दिनुभयो । संस्थाको संरक्षकमा टेकबहादुर थापा, छविलाल अर्याल, वेणिमाधव पाण्डेय र उपसंरक्षकमा अम्बिका अर्याल रहनु भएको छ । त्यस्तै सल्लाहकारमा ध्रुवराज मरासिनी, कानुनी सल्लाहकारमा कुलमणी ज्ञवाली तथा प्रेस सल्लाहकारमा यमलाल भुसाललाई चयन गरिएको छ ।
भेलामा बोल्दै रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले दुई देशबिच समन्वय हुने गरि खोलिएका संस्थाका माध्यमबाट दुई देश बिचको सम्बन्ध अझै मजबुद बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सन् १९९० देखि भारतमा महिला तथा बालबालिकाको क्षेत्रमा तथा सिमा लगायतका स्थानमा पिडित भएका व्यक्तिहरुको उद्धारमा काम गर्दै आएको संस्थाले हालसम्म १ हजार ८ सय जनालाई सहयोग गरिएको अध्यक्ष अर्यालले जानकारी गराउनु भयो।
बिभिन्न परिबन्दमा परि आफ्नो जिवन समेत बिक्रि भएका महिला हरू लाई ऊध्दार गर्ने ,दुखि हरूको सेवा गर्ने आदि लगायत महत्वपूर्ण कार्य गर्ने संस्थाको मुल कर्म हुने बताईएको छ।लामो समय देखि मित्र रास्ट्र भारत र नेपालमा हुने गरेका बिकृति,बिसंगती हरू हटाऊन लागीपर्नु भएका अभियान्ता दुर्गा प्रसाद अर्यालको नेतृत्वमा रहेको मानव कल्याण मित्र मञ्च सफल हुने कुरामा सबै बिस्वस्त देखिन्छन।