अध्ययनले मङल ग्रहमा बस्ती बसाल्ने कुरा गर्ने पृथ्वीमा पानी अभियानको नारा किन सफल पार्न नसक्ने ?

मित्र लाल पार्दे
पानी अभियानकर्ता वारसवा पोल्यान्ड

अध्ययनले मङल ग्रहमा बस्ती बसाल्ने कुरा गर्ने पृथ्वीमा पानी अभियानको नारा किन सफल पार्न नसक्ने ?

यो मानव जीवन पनि आश्चर्यचकित पार्ने शैलीको छ । कहिँ आवश्यकताभन्दा बढी श्रोत र साधन छ, कहिँ मुश्किलले जोहो गर्न पनि धौ धौ पर्ने अनावृष्टि, खडेरी, भोकमरी, अभाव, संकट, समस्या र विखण्डित परिवेश छ । तर यो पृथ्वीमा उपलब्ध प्राकृतिक स्रोतको सही व्यवस्थापन हुने हो भने सबैलाई बाँच्नका लागि अन्न, पिउनका लागि पानी र जीवन यापनका अन्य आयामका साधनको उपलब्धता हुन सक्दछ ।
नमस्कार , म मित्र लाल पार्दे पानी अभियानकर्ता ू हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् ।ू नारा लिएर तपाइहरुको शहरमा आएको छु । म कुनै भोट माग्न हिडेको छैन । पानी माग्न हिडेको छु । यो दुनियाँमा हरेकले पानी पाउनुपर्छ भनेर २०१६ फेब्रुअरी २९ देखि पानी अभियान शुरु गरेको जानकारी तपाइहरुमाझ गराउन पाउँदा मलाई गर्व लागेको छ । र बारम्बार पानी अभियान सम्बन्धी जागरण अभियान शुरु गरेको छु । राज्यले आफ्नो नागरिकलाई पानी दिनैपर्दछ ।

आज तपाईंको शहरमा भर्चुअल रुपमा हुन्छ कि भौतिक रुपमा आएर यसरी पानी अभियानको बारेमा बताउन पाउँदा गौरवको अनुभ२ति भइरहेको छ । आफ्नो जन्मदिनको अवसरमा रु. ५० हजारको बिउँपुँजी स्थापना गरेर मैले यो कार्यको अग्रसरता लिएको थिए । पृथ्वीमा रक्त क्रान्ति होइन पानी क्रान्तिको आवश्यक्ता महशुश गरि पानी अभियान सन्चालन गरेको जानकारी गरेको थिए तथापि यो अभियान जब सम्म राज्यले नारा पूरा गरिसक्दैन तब सम्म लडिरहनुपर्छ

। आज देश विदेशबाट सयौंको संख्यामा सहयोगी मनहरुले यस कार्यलाई सह्राएका छन्, नैतिक समर्थन दिएका छन् र सक्नेले आर्थिक सहयोग पनि गरेका छन् । फेसबूक स्ट्याटसबाट शुरु भएको पानी अभियानले शुरुवाती चरणमा घोराही उपनगरपालिका वार्ड नम्बर ४ सुनपुर साविकको लक्ष्मीपुर गाविस सुनपुर दाङमा ू सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरि बैधानिक रूपमा बैन्क अकाउन्ट खोलेको र उक्त अकाउन्टमा स्वस्फूर्त रुपमा आर्थिक सहयोग पनि भैरहेको जानकारी गराउदछु यद्यपि उपमहानगर पालिका र सिंचाइ बिभागको आश्वासन चाडै पूरा गर्नेछ भन्ने आशा व्यक्त गर्दछु । पुरै देश अझै दुनियाँ भर हरेक राज्यले आफ्नो हरेक नागरिकलाई न्युनतम आवश्यक पर्ने निशुल्क पानी दिनको लागि दबाब राज्य मात्र न भएर बिश्वकै सस्था यु एन सम्म पानी अभियानको नारा पुर्याउन साथ दिन हुन हार्दिक अनुरोध गर्दछु
। कसैसँग मागेर नहिड्ने तर सहयोगी मनहरु जोकोहीलाई पनि हार्दिकताका साथ स्वागत गर्ने गरिएको छ । थोपा थोपा मिलेर समुन्द्र बन्ने हो । यसर्थ तपाईंहरु जो कोहीलाई पनि आफूले सक्ने सहयोग गर्नसक्छु भन्ने सोंच आउँछ र पानीको सुलभता गराउने सवालमा सहयोगी हातहरु बन्ने इच्छा भए जुनसुकै बेला पनि पानी अभियान यहाँको सोंचलाई नमन गर्दछ ।
। यस अर्थमा पानी अभियान यो मेरो जीवनभरको भीष्म प्रतीज्ञा पनि हो । । अघि भनेंझैं थोपा थोपा मिलेर समुन्द्र बनेजस्तै अब बाँकी थोपाहरु पूरा गर्ने काम तपाईं हामी सबैको हो ।

दुनियाँमा कति समाजसेवा भए, अझैं पनि समस्याहरु धेरै रहेको यहाँहरुलाई थाहा छ । तपाईं हामी मिलेर ू हरेक घर धारो होस् , हरेक गाउँ ू सिचाइ होस नारालाई यु एन सम्म पुर्याएर समाजमा स्थापित गर्न सकिन्छ
अध्ययनले मङल ग्रहमा बस्ती बसाल्ने कुरा गर्ने पृथ्वी पानी अभियानको नारा किन सफल पार्न नसक्ने ?
आफूसँग त्यत्रो सम्पदा छ, विश्वको दोश्रो जलश्रोतको धनी देश नेपाल भन्ने किन एक घैटो पानी लिन घन्टा लाग्ने ?
यो क्रान्ति गरेर प्राणको आहुती दिने कुरा होइन, यो युगले जित्ने कोहि पनि हार्नु नपर्ने कोहि पनि मर्नु नपर्ने पानी अभियानलाई तपाईं हरुको पबित्र मनले साथ सदभाव दिएर अभियानको उद्देश्य पूरा गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।
र अन्त्यमा, तपाइहरुको साथ र सदभावले एक दिन पानी अभियानले सफलता पाउनेछ त्यो सफलता नै वास्तविक जनताको विजय हुनेछ ।पुन तपाइको शहरबाट पानी अभियानमा आफ्नो तर्फबाट सक्दो सहयोग मिल्नेछ भन्ने आशा राख्दै बिदा हुन चाहन्छु । ू हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस । #जयपानीअभियान ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.