कलश खरेल
२५ मार्च, वार्सावा । विभिन्न देशमा छरिएर रहेका आम नेपालीहरुलाई एकता एंव भातृत्वमा एकाग्रह गर्दै समुन्न्त राष्ट्र निर्माण गर्ने दिशामा सरिक गराउने पबित्र उद्देश्यका साथ निर्माण गरिएको प्रबासी नेपालीहरुको साझा सस्था गैर आवासीय नेपाली संघ बिश्वका अधिकांश देशमा कृयाशिल छ।युरोपियन सदस्य राष्ट्र पोल्याण्डमा पनि बिगत लामो समय देखि कृयाशिल एन आर एन ए पोल्याण्डले पोल्यान्डबासी नेपालीहरुको हक हितका निम्ति हरेक बर्ष विविध कार्यक्रम गर्दै आइरहेको छ, जुन अत्यन्त सर्हानीय एंव प्रशमसनिय छ।खासगरी यहाँ कार्यरत सम्पुर्ण नेपालीहरुको भरोसा एंव आशाको केन्द्र एन आर एन ए पोल्याण्डले यस बर्ष पनि अप्रिल १४ तारिखका दिन भब्य सास्कृतिक कार्यक्रम गर्ने भएको छ।विशेषगरि आपत-बिपत एंव प्राकृतिक बिपत्तिलाई मध्यनजर गर्दै सस्थाको राहात कोषमा रकम जम्मा गरि पीडा माथी मलम लगाउने प्रयास गरिरहेको सस्थाका उपाध्यक्ष जीवन के.सि ले जानकारी दिए।तत्काल हुने घटनामा पिडितलाई कसरी राहात दिन सकिन्छ भन्ने सन्दर्भमा यो कार्यक्रमको प्रमुख उद्देश्य रहेको अध्यक्ष गोपाल राइले बताए। नेपाली नयाँ बर्षको शुभकामना आदानप्रदान सहित आयोजना हुन गैरहेको कार्यक्रममा पोल्याण्डमै कार्यरत नेपाली कलाकारहरु नै प्रमुख आकर्षण हुने उपाध्यक्ष के.सि ले जानकारी दिए।कलाकारितामा दख्खल राख्ने जुन सुकै नेपालीले प्रस्तुती देखाउनको निम्ति कार्यक्रम अगावै सम्पर्क गर्न एन आर एन ए पोल्यान्डले बिशेष आग्रह गरेको छ।
स्थान र समय
Wojciecha Oczki 1A, 02-007 Warszawa
klub Medyka
date April 14 , 2019
Time From 5 o’clock in the Evening