गणतन्त्र आयो तर गरिबका झुपडीमा कुन तन्त्र आयो पत्तै भएन

कलश खरेल
२१ मार्च, वार्सावा । कुनै शासकिय स्वरुप वा ब्यबस्था परिवर्तन अभियानमा जनतालाई आन्दोलनको सिपाही बनाएर आन्दोलनको मोहोरा बनाइन्छ जहाँ हजारौं सोझा-साझा,निमुखा जन्ताको बलिदानिले आन्दोलन सफल हुन्छ तर सफलताको बार्दलिमा बिराजमान भएपछी नेतृत्वकर्ताले पछाडिको बिरासतलाई बाडुल्की लाउने बिन्दुमा पुर्याउछन।नेपालको परिपेक्षमा गहन एबम सुक्षम विश्लेषण २००७ सालदेखी राणा शासन,पन्चातकाल हुँदै राजतन्त्रको जडिय शासनलाई अन्त्य गर्न २०६२/६३ सम्मका जनान्दोलनमा गाउँ-गाउँ, टोल-टोलबाट लाखौ मानिसको जबर्जस्त प्रदशन एवं बुलन्द नाराबाट सफल भएको एेतिहासिक स्मरण ताजै छ।राणा शासन गयो पन्चायत आयो,पन्च्यायत गयो राजा शहितको बहुदलिय प्रजातान्त्र आयो, बिस्तारै राजतन्त्र जरैदेखि निमिट्यान्न पार्यौ गणतन्त्र आयो जसको आखिरी परिणाम हालिमुहाली भयो।आज गणतन्त्र नेपाल भैरहदा ठुला र पहुँचवालाको दबदबा हुदा गरिबको झुपडीमा आर्थिक दलदलमा फसिएका जन्ताको पीडा,दर्द,बेदना दुरुस्त छ।परिवर्तनको आभास गरिब,निमुखा जो दिन रात एक छाक टार्न पनि चट्टानि परिश्रम गर्न बाध्य छ जसले अन्तरात्मामा पर्दापण गर्न पाएन।बिगतमा प्रजातन्त्र -स्वतन्त्रताका लागि कयौ जनगायकले गीतमार्फत जनतालाई चेतनाको बिगुल मुखारित गरे ताकि कम्तिमा पनि गरिबका दिन स्वान्त-सुखायमा परिणत होस्।ब्यबस्था परिबर्तन भयो गरिबको छहारी परिबर्तन भएन।नेता बदलिए ,शासन बदलियो तर निमुखाका दिन परिबर्तन भएनन।आजपनी एक छाक गर्जो टार्न ढुङ्गा -गिटि फोर्ने,बालुवा चाल्ने साहारा लिनु परेको छ।दुरदराजका जनता बिरामी हुदा अस्पताल अभावमा अकालमा ज्यान गुमाउनु परेको छ।रोल्पा,डोल्पा,जाजरकोट जस्ता कयौ जिल्ला आजपनी भरपर्दो र विस्वस्नीय सडक सन्जालबाट जोडिएका छैनन् जसको परिणाम घन्टौ मात्र हैन कयौ दिन पैदल हिडेर मात्र अस्पताल र सदरमुकाम पुगिन्छ।

Nepali-migrant-workers-in-TIA.2e16d0ba.fill-650x500

आज रोल्पाली जनता भात खानको लागि चाड-पर्व कुर्नु पर्छ तर उच्च तहमा बस्ने नेता वा बर्गलाई पिडाको घुटिघुटीले छुदैन केबल आश्वासनका कोशेली बितरण गर्न उद्दत छन् परिणाम जनताका पिडाका चित्कारहरु बर्षातको भेलझै झाङ्गीएका छन्।पछिल्लो तथ्यांकको आधारमा चर्चा गर्दा कयौ दुरगम ठाउँ -क्षेत्र पानीको अभावमा आकुल-व्याकुल छन जहाँ घन्टौ हिडेर एक गार्ग्रो पानी भोर्न बिबस छन।पानीबाट प्रताडित ठाउमा धारा जडानको सख्त आबश्यक छ। खै त पानी तिर्खाको दरारमा पिल्सिएका नागरिकलाई सदाबाहार पानीको उचित ब्यबस्थापन गर्न उचित पहलकदमी लिएको यस्तै गम्भीर र संबेदनसिल प्रशन हरेक नागरिकमा उब्जिएका छन्।बेरोजगारगारको दलदलका कारण आजपनि हजारौं नेपाली बिदेशिन बाध्य छन्,चेलीहरु अरबका खाडीमा बेचिएका छन् जहाँ आश्वासन हैन घाउमा मलमको खाचो छ।खै त बेरोजगारले रोजगारको आभास गर्ने ठाउँ पाएको।दिनप्रदिन बलात्कारका भयानक -त्रासदयी घटनाहरु कमि हुनुको सट्टा वृद्धि भैरहेको छ।पिडितले न्याय पाउन खाली आन्दोलन गर्नु पर्ने बाध्यता ,हजारौ पटक चीत्कार गर्नु पर्ने आबश्यकता किन श्रीजना भैरहेको छ?शब्य-अनुशासित समाजको परिकल्पना गरिरहदा गरिब र असाय जनताको परिश्रम फगदमा दोहन भैरहेको छ।नेता र तेतृत्वकर्ताले अब भाषणबाजी हैन मैदानमा उत्रीएर दुर-दराजका नेपालिको घरमा बिकासको लहरलाई प्रदापण गरि आशा हैन भरोसाको दियो बाल्न जरुरी छ।पानीले छट्पटीएको ठाउमा पानीको मुल प्रवाह गरौ ताकी उनिहरुको हरेक दिनको प्यास मेटियोस।आर्थिक अभावका कारण सानै उमेरमा बालकहरु गिट्टी र इट्टा बोक्न बाध्य छन,कोहि गाडिमा काम गर्ने खलासिको दर्जामा काम गर्न बिबश छन्।लाउ-लाउ,खाउ-खाउ,पढौ-पढौ भन्ने उमेरमा आर्थिक बोझले बनबास भैरहेका छन। सुत्केरी महिलाहरुको उचित उपचारको अभावमा प्रसव पिडाका कारण ज्याननै मृत्युबरणमा पुगेको कहालीलाग्दा घटनाहरु ब्रगेल्ती छन। सरकारी हरेक जसो निकाय भस्टचारको दलदलमा फसेका छन जहाँ घुस नदिई सर्बसाधारणको समयमा समस्या सुल्झदैन।बिदेश आउने क्रममा श्रम बिभाग देखि एयरपोर्ट सम्म नेपालिले पाइलस-पाइलामा समस्याको चाङ्ग भोगिरहेका छन।कस्तो नमुना रास्ट्रको वकालत भैरहेको छ।कुनै पनि राजनीतिक पाटी एक-अर्कालाई दोष थोपरेर उम्किन खोज्नु आम नेपाली जनतालाई धोका दिनु शिबाय केही हुने छैन। रासगम्भीर बिषयमा सरकार र राजनितिक दलले तत्काल समस्याको जरो अध्यन गरि गरिब जन्ताको अन्धकार घरमा उज्यालो दियो बाल्न यथाशीघ्र पाइला चाल्न अबेर नगरौ ताकी हरेक निमुखाको झुपडीमा वास्तविक गणतन्त्रको आभास होस।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.