नुमनाथ न्यौपाने
सम्मानिय प्रधानमन्त्री ज्यु
नमस्कार साथै अभिबादन भन्न चाहान्छु,,हजुर दुईतिहाई सरकारको शक्तिशाली प्रधानमन्त्री भएको कारणले गर्दा म सात समुद्र पारी बाट मेरो मनमा लागेका केही प्रश्नहरु हजुर समक्ष राख्ने जमर्को गरेको छु,,मलाई राम्रो सङ्ग थाहा छ हजुर लाई हामी साधारण नेपालिले गरेको प्रश्नले केही छुदैन तरपनि हजुर जनताबाट चुनिएरै जानुभएको हो त्यसैले पनि कतै हामिहरुको प्रश्न को प्रतीक्षा गरेर बस्नुभाको त छैन भन्ने लागेर नै म आफ्नो मनमा राखेका केही कुरा हरु हजुर समक्ष पुगोस भन्ने हेतुले नै यो पत्र लेख्ने हिम्मत गर्दै छु।।।
सम्मानिय प्रधानमन्त्री ज्यु हाम्रो देश नेपाल ले बिगत लामो समय देखि विभिन्न बहानामा विभिन्न किसिमका जातिय आन्दोलन हरु साथै राणाशाशन बिरुद्द को आन्दोलन,पन्चायती आन्दोलन ,राजतन्त्र बिरुद्द को आन्दोलन जस्ता धेरै घटना क्रम पार गर्दै देशमा गणतन्त्र आएको पनि करिब १३/१४ बर्ष भैसक्यो।
अधिकार को लागि जे जति आन्दोलन भएतापनि ती आन्दोलन को उद्देश्य जब ब्यक्ती सत्तामा पुग्छन सबैले बिर्सन्छन त्यसैले त शासन ब्यबस्था परिबर्तन भएता पनि जनताको जिबनशैली भने जस्ताको तस्तै छ।।
आज म तपाईं समक्ष धेरै कुरा गर्नुभन्दा पनि एउटै कुरा को जवाफ को अपेक्षा राखेको छु प्रधानमन्त्री ज्यु,हाम्रो देश नेपाल प्राकृतीक रुपमा धनी भएता पनि आर्थिक रुपमा गरिब छ भन्ने कुरा त मैले हजुरलाई बताउनुपर्ने जरुरत ठान्दिन ,,त्यही पनि हाम्रो देश गरिव भएर तपाईं जस्ता नेताहरु जो सामान्य टाउको दुख्दा अनि झाडापखाला लाग्दा अमेरिका,स्विटजरल्यान्ड सिङ्गापुर धाउनुहुन्छ तपाईहरुका लागि त देश गरिब छ भन्ने महसुस पनि हुदैन होला सायद तर हाम्रो देशमा यस्ता बिगट ठाउहरु छन जहाका जनताहरु सिटामोल को अभाबमा प्राण त्याग गर्न बाध्य छन प्रधानमन्त्री ज्यु उनिहरुको बारेमा तपाईले कहिले सोच्ने???खाली राज्य भनेको उहीँ नेताहरुको लागि सत्तामा पुग्ने अनि आफ्ना नातागोता इस्टमित्र लाई बिनायोग्यता सरकारी जागिरे बनाईदिने, चैन गर्ने ठाउँ हो कि जनताले पनि राज्यबाट सुखको अनुभुति गर्न पाउने??
हाम्रो देशले मेडिकल सिक्षाको लागि बर्सेनि करोडौ लगानी गर्दै आईरहेको छ,,देशमा क्यान्सर जस्ता भयङ्कर रोगको उपचार को लागि पनि हस्पिटल हरु बनेका छन र करोडौ खर्चेर डाक्टर तथा नर्सहरु पढिरहेका छन तर तपाईहरु सामान्य टाउको दुख्दा अनि झाडापखाला लाग्दा पनि आफ्नो उपचार गर्न अमेरिका ,अस्ट्रेलिया ,सिङ्गापुर तथा थाईल्यान्डलाई आफ्नो रोजाइ मा राख्नुहुन्छ जसबाट हामीजस्ता परदेशी हरु जो रात र बिहान नभनिकन काम गरि रेमिटेन्स पठाईरहेका छौ जुन राज्यकोष बनेको छ उक्त रकम उडाउने काम मात्र गर्नुहुन्छ आखिर किन त??तपाईं हरु सामान्य उपचार को लागि बिदेश
जादा देशमै करोडौं रकम खर्चेर डाक्टर अनि नर्स पढेकाहरुमा कस्तो मानसिक असर पर्ला त्यो कहिल्यै सोच्नुभएको छ प्रधानमन्त्री ज्यु??के नेपालका हस्पिटल हरु तथा डाक्टर हरु बिरामिको उपचार गर्न असमर्थ छन त?? यदि छन भने फेरि बर्सेनि मेडिकल सिक्षा हासिल गर्नको निम्ति करोडौ खर्चेर नेपाल सरकार ले छात्रवृत्ति दिएर बिदेश पढ्न किन पठाईरहेको छ त??बिदेश पढ्न गएका मध्य कम मात्रामा नेपाल फर्केर सेवा गर्ने इच्छा गर्छन र धेरै ले किन आफ्नै देश माथी गद्दार गर्छन भन्ने प्रश्नको उत्तर पनि यहि छ प्रधानमन्त्री ज्यु टाढा जानुपर्दैन,,उनिहरु नेपाल फर्केर सेबा गर्न अनिच्छा गर्नुमा तपाईहरुले नै सबैभन्दा धेरै हामी नेपाली जनतालाई गद्दारी गरेर हो त्यसैले अब यसको जवाफ तपाईहरुले हामि जनतालाई दिनुपर्छ प्रधानमन्त्री ज्यु….हामी जनता बिहान बेलुका खाना जुहाड गर्न को निम्ति खाडी मुलुक मा आफ्नो सरिरको प्रवाह नगरी 45/50°को गर्मी तथा -15/20° को चिसो मा काम गरेर देशमा रेमिटेन्स पठाउदै राज्यकोष जम्मा गरेका छौ तपाईहरु भने राज्यकोष को दुरुपयोग गर्ने???के राज्य सिर्फ नेताहरु र उनकै नातागोता अनि इस्टमित्रको लागि मात्र हो त प्रधानमन्त्री ज्यु??हामिले हाम्रो देशमा पनि सरकार छ भनेर कहिले अनुभुती गर्न पाउने??
अझ भन्नुपर्दा त तपाईं अनि तपाईको सरकार आफुलाई कम्युनिस्ट भन्नुहुन्छ ,,यदि तपाईं को कम्युनिस्ट सरकार हो भने जनतालाई समान अधिकार दिएको खै त??अनि के कम्युनिस्ट नीति ले राज्यकोष बाट नेताहरुले मोज मस्ती अनि चैन गर्न सिकाउछ त प्रधानमन्त्री ज्यु??
बिन्ती छ प्रधानमन्त्री ज्यु रुकुम रोल्पाका गरिब जनतालाई पनि सरकार छ भन्ने अनुभूति गराईदिनुस,,सर्बप्रथम नेपाल मै भएको जनसक्ती को प्रयोग गर्न सिक्नुस,उनिहरुलाई मानसपटलमा नकारात्मक छाप नबसाईदिनुस,आफुले बिदेश मा सिकेको सीप ज्ञान लाई म मेरै देश मा प्रयोग गर्ने हो भनेर जनताले ढुक्क साथ भन्न सक्ने बाताबरण बनाईदिनुस,म र म जस्ता लाखौ साधारण जनताको यहि माग हो प्रधानमन्त्री ज्यु,,तपाई जनताबाट चुनिएको प्रधानमन्त्री भएकोले गर्दा हामी जनताको यी र यस्ता मागहरू प्रती चासो देखाउनुहुने छ र तत्काल समाधानको लागि कदम अगाडि बढाउनुहुनेछ भन्ने आशा छ ।।
उहीँ देशप्रेमि,,
नुमनाथ न्यौपाने
हाल,
वार्सावा,पोल्यान्ड