कलश खरेल
१९ मार्च, वार्सावा । “हात हेराउदा ज्योतिषले नेपालमै काम पाउछस् भन्थे भन्नलाई तर बाध्यताले बिदेश उड्नु पर्यो धन कमाउनलाई” सायद यो आख्यान नमिल्ने कमै नेपाली भाग्यमानी होलान् जसले स्वदेशमै बिलासी जीवन बिताइरहेका छन् । सायद पर्दामा चित्रित गरिएको तस्बिरले आम बिदेसिने नेपालीको बास्तवबिक चित्रलाई प्रक्षेपण गरेको छ। सबका बाबुको मनमा पैदा हुने बिषय :छोरो बिदेश जान्छ अनि बिदेशबाट मनग्य पैसा पठाउला र रिण तिरे पश्यात बचेको रकमबाट सम्पती जोडौला।मिठो सपना साभार गरेर हरेक समय छोराको पर्खाइमा बसेका मनरुपी चिन्तन बुनिरहेका बाबुलाई जब छोरो प्रबासबाट मनग्य धन कमाएर हैन मृतक शरिरको बिचखान भएर पर्खिदा कस्तो बज्रपात झेल्नु परेको होला!कतिपय प्रगतिको बेगमा पाइला चालिरहेका छन् भने प्राय: जसोको पीडा कहालीलाग्दो र दर्दनाक छ।
नेपालको कुना-कन्दरामा बसेर सोचिन्छ “बिदेश पैसाको मुल हो जहाँ सहज छ आम्दानी रच्न तर पर्दामा उत्रीएर पल-पल पसिना-रगतमा जुध्ने युवाले घुट-घुटी लगाउदा तरबार आभास गरेको हुन्छ”।एक निर्दोष बाबू छोरालाई बिदेशी भुमीमा न्यानो सामिप्यलाई दुर गराउन बाध्य छ जसको बिबशतामा निकटता बिलिन भाको छ।यस्ता हजारौं बाबू छन जहाँ कलकलाउदो छोरालाई बिदेशी भुमिमा अन्यासमै बिदा गर्नु परेको छ भने पर्खाइमा चीत्कार गर्नु पर्ने असिम पीडा छ।कति निरीह छ एक बाबू जस्ले छोरालाई बिदेश प्रस्थान रोकावट गर्दैन किनकी हरेक समय धनको अभाबले पिल्सिरहेको छ।छोरालाई रोक्न सक्ने सामर्थ्य राख्थे होलान तर स्वदेश बेरोजगारको बादलबाट मडारिरहेको छ।स्वदेशमै रोजगारको वातावरण श्रीजना गरौ ताकी मनलाई गाँठो पारेर आफ्नो जवानी छोरालाई बिदेश पठाउन बिदाइ गर्ने हजारौं बिबश बाबुलाई रोक्न सकौ। देशमै धेरै भन्दा धेरै रोज़गारी बढ़ाऊँ अनि युवाहरुको उर्जायुक्त समय आफ्नै देशमा खपत गरौँ र देशलाई सम्ब्रिद्दी तर्फ लैजान सहयोग गरौ ।