कलश खरेल
आज बिश्वका अधिक देश उच्च तहको प्रबिधि प्रयोगमार्फत बिकासको रफ्तारमा छलाङ्ग मारिरहेका छन् ।नेपालीहरु सायद नपुगेको र सामिप्य नभएको कमै देश होलान् जुन बजारमा त्यति प्रतिस्पर्धात्मक देखिदैनन् ।कैयौ देश दिन दुई गुणा र रात चौ गुणा बिकासको तिब्रतामा पाइला चालिरहेका छन जुन घाम जस्तै छर्लङ्ग छ।नेपाललाई बिकासको रोड मोडलमा पुर्याउनको लागि पक्कै पनि नीति निर्माण गर्ने देखि कार्यान्वयन तह सम्म पुर्याउने व्यक्तिहरुको मुख्य भुमिका हुन्छ जुन बिषय अभिबाज्य छ तर प्रबासमा रहेका नेपालीले पनि कर्म थलो बनाइरहेको देशको बिकास प्रकिया,ब्यबस्थापकीय पाटो,प्रबिधिको संरचना सन्दर्भमा परोक्ष वा समन्वयात्मक तबरबाट नेपालको बिकासमा होस्टेमा-हैसे गर्नु पर्द्छ।
नेपालका राजतिनिक दल वा पार्टीको मुख्य भुमिका जबर्जस्त हुन्छ जुन बिषयमा दुई मत नरहला यधपि नेतालाइ गाली मात्र गरिरहने तर देश बिकासको रथमा प्रबासमा बसेर चिन्तन-मनन गरि कति सम्म योगदान गर्न सक्छौ भन्ने सन्दर्भमा जागरुपता ठोस बिन्दुमा पुग्नु अपरिहार्य छ।चाहे सरकारमा हुन या नहुन सम्बन्ध सबै पार्टीलाई खबरदारी गर्नु आम नागरिकको कर्तव्य पनि हो तर आफुले गर्न सक्ने योगदानबाट पछि हट्ने र एकोहोरो नेतृत्व तहलाइ सम्भब भए सम्म जुन हद सम्म पनि गाली गर्न अगाडि सर्ने प्रवृत्तिले कोहि शिस्टाचारको सिमा फुटेको होकि भन्ने आभास हुन्छ।यी शब्दहरु बिमोचित गरिरहदा भ्रम नपरोस कि कोहि नेता वा दलको आग्रहमा लेख श्रीजना भैरहेको छ।केबल देश समुन्न्त अभियानमा पोल्यान्डमा बस्ने हरेक नेपालीले तद ठाउँ अनुसारको बिकास स्वरुप र प्रबिधी सन्दर्भमा नेपाल राज्यलाइ अबगत गराउ ताकी २१ औ शताब्दीको देश निर्माणमा सच्चा पहलकदमी होस।कुनै दल बिशेषको गुणगानमा लिप्त हुनु भन्दा देशलाइ सुमार्गमा डोर्याउने प्रबासमा रहेका नेपालीको अहम भुमिका हुन्छ जसलाइ आत्मसात गरि एकाग्र अभियानमा सरिक बनौ ताकी भाबी सन्तती र पुस्ताले नेपालमै योग्यता अनुसारको जागिर पाउने बाताबरण बनोस।बेरोजगारी र ब्याप्त आर्थिक अभावका कारण अझै पनि दुर-दराजका नेपाली दाजुभाइ -दिदिबहिनी ज्वरो आउदा एउटा सिटामोल अभावमा अकालमा ज्यान गुमाने अबस्थालाइ मुक्त गर्ने दृढ अभियानमा जुटौ कि एक नेपालीको प्रसब पिडामा होस्टेमा हैसे गरौ।मेरो बिनम्र आग्रह छ सम्बन्धित सबैलाइ यदि हामिले पोल्यान्डमा प्रयाप्त ज्ञान्-सीप हासिल गरेका छौ र सम्भब छ भने स्वदेशमा फिर्ता भै समृद्ध नेपाल -सुखी नेपाल बनाउने अभियानमा सारथि बनौ।असंभवताको डोरी कसिलो छ भने पोल्यान्डबाटै धारा-प्रवाह रुपमा खबरदारी सहित सकारात्मक सन्देश प्रवाह गरौ ताकी स्वच्छ -सबल,समुन्न्त रास्ट्र निर्माणमा उर्जा प्रदान होस।