निरज खरेल
#के_के_मात्र_किन्नुहुन्छ_अनि_कहिलेसम्म ?
तपाई लाई थाहा छ, हामीलाई थाहा छ, सबैलाई थाहा छ पैसा तिरेर/किनेर गरेको कागजी प्रक्रिया का काम गैरकानुनी हो, हेर्दा दुरुस्त लाग्छ कानुनी नै हो भन्ने लाग्छ, संबंधित निकायमा गयो दर्ता पनि गर्छन् तर पछि यो भएन त्यो भएन यो आर्टिकल त्यो आर्टिकल 78/88/123 भन्दै विभिन्न बाहानामा राज्यले कर असुलेको पत्तो हुन्न, दायाँ बाट घुमाएर बायाँ पट्टी को कान समाएपनी वा बायाँ बाट घुमाएर दायाँ को कान समाएपनी कान हाम्रै हो दुख्ने हामीलाई नै हो, Freelancer को माध्यम बाट Social Security अप्लाइ गर्नुस् या कुनैपनी ब्याक्ती सङ्ग किनेको कन्ट्र्याक्ट बाट पछि छानबिन हुँदा गलत सिधै तपाईंको देखिन्छ र कार्वाही तपाईं लाई नै हुन्छ अनि फेरि वकिल लगाउनुस केही पैसा तिर्नुस कानुन नै परिवर्तन हुन्छ, माथी बाट तल सम्म को मिलेमतो हैट!
२००/३०० युरो मा लेवर सप्लाइ कम्पनी दर्ता गराउछन (खेती कम्पनी भनेको यहि हो, लेवर सप्लाइ गर्ने, उनीहरु खेतिका मालिक हैनन खेताला सप्लाइ गर्छन्) अनि एक बर्ष सम्म ट्याक्स फ्री हुन्छ एउटा सस्तो मस्तो गाडि लिने कहाँ कहाँ खेताला पुगेको छैन त्यहाँ त्यहाँ सप्लाइ गर्ने कम्पनीको साहुले दिएको पारिश्रमिक बाट आफ्नो कमिसन प्रसेन्टेज % कटाएर अनि मात्र कामदार को हातमा पैसा हालिदिने गर्छन् , यसरी काममा जादा कहिलेकाहीँ १/२ महिना हुनसक्छ नत्र बर्ष मा मरेर महिना को १/२ हप्ताको दरले काम पाइन्छ बाकिको दिनमा सुतेर नै बिताउन पर्छ अनि ट्याक्स कम्पनीले हालिदेला भन्यो “हैन तिमिले आफै हाल, नत्र पछि फिङरिङ्ग मा गाह्रो होला भन्छन्, बस्ने ठाउँ पनि एउटा घर लिएर कोठै पिच्छे ३/४ जनाको दरले राखिन्छ न त आफ्नो प्राइभेसी हुन्छ न त सरसामान को हिफाजत त्यसमाथि भाडा प्रतिब्याक्ती १००/२०० युरोको दरले आफैले तिर्नुपर्छ जबकी कामदारको Accommodation कम्पनीको जिम्मा हुन्छ, कोहि बोल्न खोजे चुपचाप निस्किएर जाउ भन्छन् जबकी कन्ट्र्याक्ट मा बकाइदा लेखिएको हुन्छ काम दिन सकिएन भने कम्पनीले कारण देखाइ जस्टिफिकेसन सहितको कन्ट्र्याक्ट टर्मिनेट भएको पत्र कामदारको हातमा दिनुपर्छ,…सोसियल बनाइदिन्छु भनेर एकबर्ष सम्म कन्ट्र्याक्ट बेच्यो जब बर्ष पूरा हुन लाग्यो कम्पनी घाटामा गयो भनेर बन्द गरिदियो अब भयो समस्या तपाईं सेफ मा जानुहुन्छ सेफले भन्छन् तिम्रो कम्पनी त फाल्ता छ अब हुदैन!
लेवर सप्लाइ कम्पनी का साहु ज्यु हरु “यदि तपाईंले कम्पनी खोलेर कामदार लाई बर्ष भरी काम दिन सक्नुहुन्न, सरकारले तोकेको मापदण्डअनुसार को खाना बस्ने लगायत निशुल्क कागजपत्र बनाउन सक्नुहुन्न भने तपाईंको कुनै अधिकार छैन अर्काले खुन पसिना बगाएर कमाएको पारिश्रमिक को कमिसन % खाने”…हैन कसले कति सम्म खाने हो? राज्यले ट्याक्स को नाउँमा ३३% त्यसमाथि IRS भनेर ११% बजारमा गएर दैनिक उपभोग्य सरसामान किन्यो २२% ट्याक्स हुँदाहुँदा परजीवी हरुले खाने कमिसन अनि? जिन्दगीमा कमाउने चै के? जमाउने चै के? अनि काम नभएको अवस्थामा उल्टै नेपाल बाट मगाउन पर्ने?
एकपटक सोचौ त नेपाल बाट चन्दा बाढेझैँ पैसा बाढेर यहाँ आइपुग्दा पनि चन्दा बाढेझै बाटो बाटोमा पैसा बाढ्दै जिन्दगीमा केही उन्नति प्रगती गरौंला भनेर बिदेश आएका तपाईं अनि मैले कहिले सम्म ज्यान बेचेर हिड्नुपर्ने? समाजसेवा गर्न त बिदेश आएको पक्कै हैन समाजसेवा गर्न लाई त हाम्रै गाउँमा थुप्रै ठाउँ छन् !
राज्यको अपरिपक्व र अब्यावहारिक नियम को आडमा कोहि वकिल त कोहि दलाली को भेषमा ब्वासो झैँ लुट्न बसेका परजीवी हरु अनि राज्यको कर्मचारीको मिलिभगत ले लुट मच्चाइ रहदा चुपचाप लाटाले केरा हेरेझै हेरेर बसेको “गैरआवासीय संघ” उता चुनाव को नाटक मंचन गर्दैछ, अनि कोहि पार्टीका हनुमान हरुको फेसबुक मा यस्तो उस्तो भनेर रोइलो छ,…कठै जिन्दगी…आप्रवासी को हितको पक्षमा चै कसले बोलिदिन्छ? कसले आवाज उठाइदिन्छ? अनि कहिले सम्म लुटिनुपर्ने हामीले ? कसैले त बताइ दिनुस् बिन्ती !!
Source: https://www.facebook.com/groups/469185996586254/permalink/1112114372293410/