दुनिया मर्दा प्रचण्ड मर्नै हुन्न भन्ने लाग्दैन मलाइ। मैले रबि लामिछाने लाई भगवान मानेको पनि छैन र म भक्त पनि हैन राम्रो काम मा सबैलाइ स्वागत र सम्मान गर्ने आदत छ मेरो। प्रचण्ड ले बिर्सनु हुन्न्थ्यो हामी दलित, जनजाती, मुस्लिम आदिबासी र गरिब निमुखा नेपालिको छातिमा बसेर हाम्रो अधिकार को नारा उर्लेर साम्यबाद समाज वाद को नारा कुर्लेको रगत को भेल बाट सपना हरुको नदि बगायका हामि र ती साहादत प्राप्त गरेका हरु पनि मरेकै हुन हिजो भारतिय बिस्तार्बाद र अमेरिकि साम्राज्यवाद मुर्दाबाद भन्ने प्रचण्ड पथ का नाइके जो राजा फालेर गाउँ गाउमा सिह दरबार ल्याउनुछ पुर्बको रातो घाम ले समन्ता बोकेर आउनेछ प्रतिगामी षड्यन्त्र को बिरुद्ध लास हरुको बिस्कुन लगाउने कम्रेड आज सिहदरबार पसेपछी हजार राजा जन्माउन तल्लिन हुने? भारत पानी पधेरो हुने। आफनी सिमाना मा नेपाली मर्दा चुइक्क नबोल्ने अनि आज बिप्लब लाई विध्वंसकारी भन्ने तपाईं? अनि सिके राउत जस्ता बास्टर्ड हरु सङ्ग सम्झौता गरिरहदा के खोया हेरेर बसेको? अनि आज तपाईं हामी जस्ता जो कोहि मर्दा केही हुन्न देस ठूलो हो भन्ने रबिको कुरा मा चर्को आलोचना गर्न सक्ने? हिजो कम्रेड ले नै बाडेको हैन र स्वाधिन र समृद्ध नेपाल को नारा हिजो कम्रेड ले बै भनेको हैनर यो देस मा क्रान्तिको नाम रगत ले लेख्ने छौ तर देसवैरिलाइ लुट्न दिन्नौ भनेर आज जनयुद्ध का घाइते अपाङ्ग आज पनि सिटामोल नपाउने तपाईं स्वास्थ्य उपचार का लागि अमेरिका? हिजो जनयुध्द मा सङ्गै स्याउला को सुकुल मा समान्त देख्ने तपाइको मन र बिचार ले आज तपाईको बिलासिता र हाम्रो बिलौना छुट्टाउन सकेन कम्रेड। हो तपाईं म र हामी कोहि पनि मर्दा केही फरक पर्देन बस देस बाची रहन पर्यो
सुसन परियार
प्रवास बाट