न्यौपाने नुमनाथ
वारसवा पोल्यान्ड
अन्धभक्त हरु लाई प्रश्न😈
हाम्रो देश नेपाल ले कैयौ युद्द तथा आन्दोलन गर्दै आज गणतन्त्र स्थापना भएको पनि १३/१४ बर्ष भैसक्यो,,यश बिचमा कैयौ नेपालिहरु को बलिदानी भयो ,कैयौ ब्यक्तिहरु घाईते भए र कैयौ बालबालिका टुहुरा भए।गरिब दलित ,जनजाती मुस्लिम लगायत अन्य विभिन्न बर्गको उत्थान को निम्ति,अधिकार को निम्ति भनेर हरेक आन्दोलन मा नारा बनाईयो र उक्त नाराको समर्थन तथा साथ हरेक जनताले दिएर नै शाशन ब्यबस्था परिबर्तन गर्न सम्भब भयो,तर दुर्भाग्य को कुरा देशमा शासन ब्यबस्था परिबर्तन त भयो त जनताको जिबनस्तर अनि जीवन शैलिमा परिबर्तन हुन सकेन ,,आखिर किन त??यो प्रश्न को जवाफ अब हामी आम नेपाली जनसमुदाय ले खोज्नुपर्ने बेला आएको छ,,जब हामी कुनै आन्दोलन मा होमिन्छौ त्यहा हामी नेपाली भन्दा पनि राजनीतिक पार्टिको कार्यकर्ताको माध्यमबाट नै हामी आन्दोलन गरिरहेका हुन्छौ,हामी आफू मा नै नेपाली नेपालिबिच एकता कायम गर्न सक्दैनौ खाली फलानो पार्टी भन्दै त र म भन्दै लडाई गर्न मात्र तम्तयार रहन्छौ तर हामि हाम्रो नेतृत्व ले कस्तो बाटो पहिल्याउन खोजेको छ भन्ने कुराको मतलब राख्दैनौ खाली “मेरो गोरुको बार्है टक्का” जस्तो गर्छौ,चाहे नेतृत्व ले राम्रो गरोस या नगरोस हामी उनकै समर्थन मा ताली वजाईरहन्छौ😈केहि दिन पहिले सिधा कुरा जनतासङ्ग कार्यक्रम मा पत्रकार रबि लामिछाने को बिषयलाई लिएर अहिले चर्चा परिचर्चा भैरहेको छ,,यसप्रती मेरो मनमा केही प्रश्न हरु उब्जिएका छन,,जब हामी हाम्रो नेतृत्व को गलत कामको बिरोध गर्दा चित्त दुखाउछौ भने हामिलाई चाहिएको देश बिकास कहाँ बाट कसरी ल्याउने अनि देशको बिकास कसले गर्ने??हामी हाम्रा गरिब निमुखा जनताको अधिकार को निम्ति काम गर्छौ भनेर नै हामी सबैले जिताएर नेतृत्व मा पुर्याएउ तर नेतृत्व मा पुगेपछि कहाँ बाट आए र के को लागि आए भनेर ख्याल नगर्नेको बिरोध गर्न पाउने कि नपाउने??हजारौ जनता मारेर सत्तामा पुग्दा आनन्द अनुभूति गर्नेले आफुलाई कसैले मार्छु भन्दा यति धेरै सुरक्षा आबश्यकता महसुस गर्नेले जनताको सुरक्षाको वास्ता गर्ने कि नगर्ने भनेर प्रश्न गर्न किन नसक्ने???देस मा जनताहरु सिटामोल नपाएर मर्न बाध्य भैरहेको अबस्थामा टाउको दुख्दा अनि पखाला लाग्दा उपचार को लागि राज्यको अर्बौ ढुकुटी रित्याएर अमेरिका उड्नेको बिरोध गर्न पाउने कि नपाउने?? यी र यस्ता धेरै गल्तिहरु नेतृत्व ले गर्दा पनि हामी आवाज उठाउन सक्दैनौ र कसैले यसको बिरुद्दमा बोल्दा हामी आक्रोशित हुन्छौ भने हामी अधिकार को कुरा किन गर्ने??भ्रस्टाचार अनि बलात्कार को बिरुद्धमा आवाज उठाउनेको बिरोध गर्ने ले देश गरिब भयो जनताले न्याए पाएनन भनेर किन प्रश्न गर्ने??