हार्दिक अपिल
पोल्यान्ड सरकारको विदेशी आप्रवासी सम्बन्धि अस्पष्ठ निति पोल्यान्ड दुतावासको निर्णय क्षमतामा कमि । नेपाल सरकारको पनि पोल्यान्ड मामलामा अस्पष्ठ नीति र ध्यान कम भएको दक्षिण एशियाका नागरिकले डेट निकाल्दा विभिन्न गिरोह समाउनु पर्ने वाध्यता दुतावासको अत्यन्त अपारदर्शी अनलाइन सिस्टम ।जसको कारणले नेपाल इन्डियाका नागरिकहरुको वर्कपर्मिटको कागजात बाङ्लादेश देखि इन्डिया अनि पोल्यान्ड सम्म असान्दर्भिक व्यक्तिहरुको हातमा परिरहेको छ । त्यसरी आसान्दार्भिक व्यक्तिहरुको हातमा व्यक्तिका व्यक्तिगत विवरणहरु पुग्दा भोलि समग्र देशलाई ठूलो अपूरणीय क्षती हुने निश्चित छ । पोल्यान्डका कम्पनीहरुले पठाएको कागजात पनि सम्बन्धित व्यक्ती बाहेक ईन्डिया बङलादेश अफगानिस्तान युक्रेन पाकिस्तान वा अन्य असान्दर्भिक विभिन्न आवरणका व्यक्तिहरुको हातमा डेटको नाममा कागजात जाने अवस्थाको सृजना पोल्यान्ड सरकारले नचाहे पनि बाध्यतावश उनिहरु गर्न परेकोले पोल्यान्ड रहेका संघ संस्थाबाट एक दुई जनाबाट सम्भव छैन यसको लागि युरोप विभिन्न आवरणमा आएर युरोप लुक्ने टोलिबाट सम्भव छैन । रबि लामिछाने मानव अधिकार आयोग सरकार बिभाग प्रहरी विभाग अनुसन्धान विभाग पोल्यान्ड दुतावास नेपाल सरकार पोल्यान्ड इमिग्रेसन अन्य सरोकार वाला संस्था बिचको समन्वय गराइ वास्तविक्ताको पहिचान गराउन सम्बन्धित निकायलाई जोड्दार माग गर्दछु । अन्यथा पोल्यान्ड बिकृती भयावह भएर राज्यको पहुच भन्दा बाहिर जानेछ । पोल्यान्डको नाममा अनावश्यक अरु मान्छेलाई जोडेर विभिन्न आवरणमा अरुसित फोटो खिचेर विभिन्न छद्म नामबाट फटाही गर्ने अनि पोल्यान्डमा बसेर केही गरौ भन्ने माथी नजानिदो पाराले हरेक षडयन्त्र बुन्ने विभिन्न तत्वका कीराहरु बिच सजग हुनुपर्ने बेला भएको छ । सिधा पोल्यान्ड सरकारले नेपाल सरकारले तत्काल पोल्यान्ड र नेपाल बिच विभिन्न कुटनैतिक तवरबाट पोल्यान्डको नाममा नेपाल र पोल्यान्डमा भैरहेको विकृती माथी ठोस कदम चालोस भनी सम्बन्धित निकायमा जोड्दार माग गर्दछु । पोल्यान्ड र नेपाल बिचको कागजी बदमासी कुट्नैतिक रुपमा दुई देश बिच तत्काल समस्या समाधान गर्न जोड्दार माग गर्दछु ।
मित्र लाल पार्दे
पानी अभियान कर्ता पोल्यान्ड