आदरणीय पोल्यान्ड बासी प्रजातन्त्रप्रति आस्थावान सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनी तथा अग्रज ब्याक्तित्व सम्पुर्ण मा रात्रीकालिन नमस्कार तथा जय नेपाल,,यहि आउदो मार्च 17 तारिख को दिन जनसम्पर्क समिती पोल्यान्ड ले आगामी May महिना मा हुने अधिबेशन को बिषयमा तथा अन्य विविध बिषयमा छलफल तथा भेटघाट कार्यक्रम राखेको हुनाले सम्पुर्ण प्रजातन्त्र प्रेमी नेपाली दाजु भाइ तथा दिदी बहिनिलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ
स्थान:हिमालयन यति रेस्टुरेन्ट पोल्ना १३ वार्सावा
मिति:मार्च 17
समय:बिहान 13:00 बजेदेखि
साथै,
जनसम्पर्क समिती पोल्यान्डले बिगतका बैठक बाट प्रारम्भ गरेको हरेक बैठकको अन्त्यमा डा अलिनी सुवेदी पोख्रेल ज्यु बाट स्वास्थ्य सम्वन्धि चेकजाच तथा परामर्श अनि पोलिश नागरिक को उपस्थितिमा कागजात सम्बन्धी परामर्श कार्यक्रम गर्ने नया कार्ययोजना अनुरुप यस पटकको बैठकको अन्त्यमा पनि उक्त कार्यक्रम गरिने भएकाले सम्पुर्ण पोल्यान्ड बासी नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाई स्वास्थ्य सम्बन्धी तथा कागजात सम्बन्धि कुनै समस्या भएको खन्डमा उपस्थित भएर उहाहरु सङ्ग परामर्श लिन सकिने जानकारी गराउदछौ र यो सेवा तपाईहरु जो सुकै ब्यक्ती चाहे कम्युनिस्ट सिद्दान्त मन पराउने किन नहोस, चाहे प्रजातान्त्रिक सिद्धान्त मन पराउने जो सुकै ब्यक्ति ले पनि बिना शुल्क परामर्श गर्न पाउनुहुनेछ,तसर्थ तपाईं हरुको साथिभाई जो कोहिले पनि कुनै स्वास्थ्य सम्बन्धी परामर्श होस या कागजात सम्बन्धी परामर्श लिन चाहानुहुन्छ भने खबर गर्नुहुन अनुरोध गर्दछौ ,त्यसैगरी “रगत दान जीवन दान” भन्ने आख्यान लाई आत्मसात गर्दै आउदो अप्रील महिनामा जनसम्पर्क समिती पोल्यान्ड द्वारा रक्तदान कार्यक्रम गर्न लागिएको हुदा रक्तदान जस्तो परोपकारी काम गर्न चाहानुहुने जो कसैले पनि नाम टिपाउनुहुन अनुरोध गर्दछौ।।
जन सम्पर्क समिति पोल्यान्ड