आत्महत्याको कारण समाज कि व्यक्ति ?

कलश खरेल/एस डी अर्पण

१५ मार्च, वार्सवा। २१ औ शताब्दीमा मानव जीवन विकासको रथमा समागम भैरहदा शब्यता र सस्कारको बृतचित्रमा व्यापक परिबर्तन भएको छ।प्रबिधिले विकासमा फड्को मारिरहदा मानिसका इच्छा -आकांक्षा उच्च गतिमा वृद्धि भैरहेको तथ्यगत आधारहरु छन्।आत्महत्याका कारक मह्त्वकांक्षी इच्छा, सम्बन्ध, बाध्यता, दबाब र बिबशताका अनेकौ रुप हुन जस्ले मानिसलाई बाच्नु नै समाजका र परिवारका लागि बोझको चित्र पैदा गरेर प्राण त्यागका लागि बिकल्पमा अग्रसर गराउनुनै घातक परिणाम हो।यस्ता आत्महत्याको घटनाहरु बढ्दै जानुको कारण आत्महत्या गर्ने स्वयम् व्यक्ति हो कि समाजले उसलाई आत्महत्या गर्न उक्साउछ त ? के आत्महत्या नै विकल्पको बाटो हो त ? यी प्रश्नहरुको जवाफ खोज्नु आफैमा एउटा ठुलो जटिलता छ ।

Hanging man suicide.

प्रसिद्द मानवशास्त्री इमाईल दुर्खाईमले आत्महत्यालाई समाजकै एउटा उपजको रुपमा लिएका छन्। उनले सामाजकै विभिन्न क्रियाकलापहरुले कुनै व्यक्तिलाई आत्महत्या तिर डोर्याउने भनेर विश्लेषण गरेका छन् । दुर्खाइमले समाजमा हुने आत्महत्यालाई चार विभिन्न भागमा बर्गिकरण गरेका छन् ।

१) अहंकारी आत्महत्या: अहंकारी आत्महत्या समाजमा मानिसहरुबीचको एकताको कमीले गर्दा हुन्छ । जब समाजमा ब्यक्तिबादी हाबी हुन्छ तब व्यक्तिले आफुलाई समाजमा एक्लो ठान्छ र आफ्नो अहंकारले गर्दा आत्महत्याको बाटो रोज्छ । समाज एकातिर र व्यक्तिको इच्छा चाहाना अर्कोतिर भैईदिंदा मानिस यस्तो किसिमको आत्महत्याको सिकार हुन्छ । जस्तै बढ्दो उमेरको कारण आफुले खोजे जस्तो जीवनसाथी नपाउँदा केटा/केटिले आफुलाई एक्लो ठानी आत्महत्या गर्दछ।
२) आत्मिक आत्महत्या: आत्मिक आत्महत्या अहंकारी आत्महत्याको ठिक उल्टो किसिमको आत्महत्या हो। जब सामाजमा एकताको भावना अत्यधिक हुन्छ तब व्यक्तिले आफ्नो व्यक्तिगत इच्छा चाहानालाई गाैण ठान्छ अनि यस्तो प्रकारको आत्महत्या गर्न पुग्छ। उदाहरणको लागि सेनामा लागेका व्यक्तिहरुले आफ्नो देशको लागि दिईएको आहुतिलाई लिन सकिन्छ ।
३) अनोमिक आत्महत्या: अनोमिक आत्महत्या त्यस्तो आत्महत्या हो जहाँ समाजमा अकस्मात परिवर्तन आउछ तर व्यक्तिले त्यो परिवर्तित परिस्थितिमा आफुलाई समाहित गर्न सक्दैन ।जस्तै कुरा राष्ट्रमा अकस्मात आर्थिक उन्नति भयो तर व्यक्तिसंग त्यो बदलिदो परिभेषमा आफ्नो स्थान कता उचित हुन्छ भन्ने छुट्याउन सक्दैन तब अनोमिक आत्महत्या गर्न पुग्दछ ।
४) आत्मघाती आत्महत्या : आत्मघाती आत्महत्यालाई दुर्खाईमले कैदीहरुले जेलमा गर्ने हत्यासंग जोडेर हेरेका छन्, उनले आत्मघाती आत्महत्या तब हुन्छ जब कोहि व्यक्ति आफु बाच्नु भन्दा मर्नु बेश ठान्छ । त्यसैले आत्महत्या कुनै व्यक्तिगत कारण नभई हाम्रै सामाजिक गतिविधिहरुले निम्त्याएको एउटा परिणाम हो भनेर निस्कर्ष निकालेका छन् ।

अब हाम्रो सामाजमा हुने गरेका आत्महत्याका कारण खोतल्ने प्रयास गरौ । पहिलो ब्याप्त उदारहण हो धन-सम्पती।समाजमा बर्गिय हिसाबले धनी -गरिबको एउटा खाडल जबर्जस्त छ जसरी मानिसको चिन्तन र दृस्ठिकोणनै समान छैन।एउटै समाज जहाँ एउटा महलमा बसेर अनुपम सुबिधा भोग गरिरहेको हुन्छ अर्को दिनरात परिश्रममा होमिदा पनि उसलाइ छाक टार्न हम्मे-हम्मे परेको दृश्यमा देख्न सकिन्छ।यस्को प्रत्यक्ष असर बेक्तिको मानसपटलमा पर्दछ परिणामतह:नैराश्यताको बाध बडदै जान्छ।आर्थिक रुपमा कम्जोर भैसकेपछि परिबारमा जिबिको पार्जन गर्न धौ-धौ पर्न जान्छ फलस्वरूप चौतर्फी दबाबका कारण मनको धरातल कम्जोर बन्दै गर्दा अन्ततः आत्महत्याको बाटोनै उस्का लागि उपयुक्त बिन्दु सम्झन्छ।

दोस्रो कारण हो सम्बन्ध।सम्बन्ध को पहिलो स्वरुपमा आउँछ प्रेम सम्बन्ध।प्रेम-माया कसैका लागि जिबनको उज्यालो दियो बनेर आउँछ भने कसैका लागि घातक।प्रेमको जालोमा जोडिरहदा कोहि सफलताको पात्र बन्छन् भने कोहि असफल।प्रेम सम्बन्धमा बाधीरहदा भाबनामा जोडिले धेरै कुरामा बाचा-प्रतीज्ञा गरेका हुन्छ्न जुन कालान्तरमा गएर पूरा हुन सक्दैनन।प्रेमको अन्तिम रुप हो बिविवाह बन्धन।जब कोहि प्रेमीले आफ्नो जिबनको सन्सारमा प्रेमिकालाइ सजाएर अनेकौ सपना बुनेर बसेको हुन्छ जुन परिपेक्षमा अरु व्यक्ति उसका लागि मानौ केही पनि हैनन भन्ने भावमा डुबिरहेको हुन्छ।जब परिवार-समाजका कारण प्रेम असफल बाटोमा रुपान्तरण हुन्छ तब उ मानसिक तनाबमा फसिन्छ र पागल जस्तै बन्छ।उ सोच्न बाध्य हुन्छ कि बाचेर नै के सार होर भन्ने मानसिकताले जबर्जस्त भुमिका खेल्छ परिणामस्वरूप आत्महत्या गर्दछ।

तेस्रो पक्ष बैबाहिक सम्बन्ध:बैबाहिक सम्बन्ध समधुर र रचनात्मक हुन सकेन भने बिस्वासको खाडल बड्दै जान्छ जहाँ हरेक समय बिबादले उग्ररुप लिन्छ परिणाम मानसिक तनाबको सिकार हुन जान्छ।अन्ततः बाटो रोज्छ आत्महत्या।महिला -पुरुष बिबाह बन्धनमा बाधिएपछी स्वतन्त्र जीवनबाट ब्यबहारिक जिवनमा रुपान्तरित हुन्छन।एक महिलाले आफ्नो श्रीमानबाट अनुपम माया सहितको आत्म सम्मान खोजेकी हुन्छन भने श्रीमानले पनि निरन्तर लगाब र लगनशिलताको सहितको प्रेमको अपेक्षा गरेका हुन्छन।जब निरन्तर बार्ता-सम्बाद ओझेल पर्दै जान्छ र संका नजरहरु वृद्धि हुँदै जान्छन तब असमझदारी तिब्र हुँदै जान्छ।यस्तो सङ्गिन घडिमा तिब्र असन्तुष्टि र मानसिक तनाबले जीवन अन्त्यको निणयमा पुग्दछ।

चौथो पक्ष:ईर्ष्या र महत्वकान्छा:आज मानिस तिब्र बिकासको मोडलमा पाइला चालिरहदा अस्वस्थ र आडम्बर प्रतिस्पर्धामा होमिरहेका छन्।कुनै बेक्तिले दोस्रो ब्यक्तिको प्रगती र उन्नतिमा अन्तर मन देखि डाह गरिरहेको हुन्छ जहाँ दुरदृस्टी बिना उस्कै लय समाउने कोसिस गरिरहेको हुन्छ फलस्वरूप असफलताको बिन्दुमा पुग्छ।अहंकारमा पहिल्याएको दिशा असफलतातर्फ उन्मुख हुन्छ अनि नक्कल गरेको नियती दुर्भाग्यको डोरिमा फसिन पुग्छ।अन्तह:मनमनै तनाबले उग्ररूप लिदा परिणति आत्महत्या हुन जान्छ।नेपालको तथ्यांकमा हेर्ने हो बर्षेनी १० प्रतिशतका दरले आत्म हत्या गर्नेको संख्या बडदै गएको छ।प्राय पुरुषहरु झुन्डिएर वा बिस्पोटक पदार्थबाट आत्महत्यामा सम्लग्न हुने गरेको पाइएको छ भने महिलाहरु बीस सेबन र पानीमा हाम फालेर आत्महत्याको तह सम्म पुगेको देखिन्छ।यसरी तथ्यांकमा आधारीत भएर विश्लेषण गर्दा आत्महत्या न्यून हुनुको साटो वृद्धि भएको देखिन्छ तसर्थ समयमै उपयुक उपायहरु पहिल्याएर सामाजिक जनचेतना पैदा गर्ने सके घटनाहरु पक्कै पनि न्यूनीकरण हुन सक्छन्।

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.