मित्र लाल पार्दे
वारसवा पोल्यान्ड
युरोपियन नियम अनुसार
सम्बन्धित व्यक्तिको स्वीक्रिती विना तेश्रो व्यक्तिलाई के के दिन सक्नु हुँदैन
१ सम्बन्धित व्यक्तिको स्वीक्रिती विना उसले नचिनेको व्यक्तिलाई नाम र थर दिनु पनि गैर कानुनी
2. सम्बन्धित व्यक्तिको चाहना विना घर नमबर तेश्रो व्यक्तिलाई दिनु पनि गैरकानुनी
3. सम्बन्धित व्यक्तिको चाहना विना कसैको ईमेल दिनु पनि तेश्रो व्यक्तिलाई दिनु गैर कानुनी हो
4. सम्बन्धित व्यक्तिको चाहना विना कुनै पनि किसिमको आइडेन्टिटी नम्बर कार्ड नम्बर पासपोर्ट नम्बर नागरिकता कार्ड रेसिडेन्ट कार्ड तेश्रो व्यक्तिलाई दिनु पनि गैर कानुनी हो ।
५ सम्बन्धित व्यक्तिको चाहना विना घरको ठेगाना लोकेसन डाटा फोन नम्बर इन्टर्नेट प्रोटोकोल ठेगाना कुकी ठेगाना दिनु पनि गरिकानुनी हो । अरुको फोन ट्र्याक्रिङ्ग सम्बन्धित व्यक्तिको चाहना विना तेश्रो व्यक्तिलाई दिनु पनि गैर कानुनी हो ।
त्यसै गरी कुन्बै व्यक्ती स्वास्थ्य सम्बन्धीको डाटा आदी वा उसको व्यक्तिगत विवरण देखी सिम्बल तेश्रो व्यक्तिलाई दिनु पनि गैर कानुनी हो
पर्सनल डाटाको अर्थ यो हो सम्बन्धित व्यक्तिको चाहना विना तेश्रो व्यक्तिले उसको व्यक्तिगत डाटाहरु कसैलाई दिन पाउदैन ।
पर्सनल डाटा भित्र के के पर्दैनन् त ।
कुनै पनि कम्पनिको रजिस्ट्रेसन नम्बर मागेर तेश्रो व्यक्तिलाई दिएमा त्यो पर्सनल डाटा भित्र पर्दैन ।
कुनै पनि संघ संस्थाको दर्ता नम्बर अरुलाई दिनु त्यो पर्सानल डाटा भित्र पर्दैन ।
कुनै कम्पनिको ईमेल दिनु जस्तो इन्फो एट कम्पनी डट कम
कुनै तेश्रो व्यक्तिलाई दिनु कुनै आपत्ती हुँदैन ।
रेकर्ड नै नभएको डाटाहरु पनि पर्सानल डाटा सुरक्षा भित्र पर्दैन ।
कुनै सरकारी अफिस सार्वजनिक ठाउँ कम्पनी ठेगाना पर्सनल डाटा भित्र पर्दैनन्