मित्रलाल पार्दे वारसवा पोल्यान्ड
माथिको कागजातमा फलानाको छोरो फलानाको छोरी फलानो ठाउँमा बस्ने सित सामाजिक परम्परा अनुसार बिहे भएको हो भन्ने व्यहोराको कागजात छ तर कुन ठाउमा बिहे भएको हो त्यो बारे स्पष्ट नभएको भन्दै पोल्यान्ड अफिसले स्वीकार्दैन यसको लागि बिहे कुन ठाउमा भएको त्यो स्पस्ट लेखिएको हुनुपर्छ । त्यसैगरी जन्मदर्ताको कागजमा पनि स्पष्ट सित जन्म भएको ठाउँ लेखिएको हुनुपर्छ ।
अत:हामी पोल्यान्डमा नेपालको विवाह दर्ता गर्दा निम्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।
१ नेपालको परराष्ट्र मन्त्रालयमा प्रमाणीकरण गर्ने
२ पोल्यान्ड दूतावास नया दिल्ली प्रमाणीकरणको लागि लैजाने
३ दिल्ली दूतावासमा प्रती प्रमाणीकरणको शुल्क २६००भारु लाग्छ ।
४ पोल्यान्डको जन्म बिवाह दर्ता कार्यालयमा उक्त कागजात प्रमाणीकरणको लागि पोलिश भाषामा ट्रान्सलेसन गरि लैजाने
५ स्मरण रहोस् तपाइको बिवाह दर्ता र जन्म दर्तामा नेपालमै विवाह गरेको ठाउँ र जन्म भएको ठाउँ स्पष्ट खुल्ने गरि बनाएर लिनुपर्ने हुनेछ ।
good job sir
LikeLike