पत्रकारलाई धम्की दिने कार्य बन्द गरियोस्

कलश खरेल
वारसवा पोल्यान्ड

पत्रकार समाजको एक बृतचित्र तयार गर्ने एक एना हो जस्ले हरेक गतिविधिलाई चुस्त-तुरुस्त आम मानिसको मानसपटलमा सन्चार गर्दछ।हरेक सकारात्मक कार्यलाइ बडवा दिदै समतामूलक समाज निर्माणको गहन अभिभारा बोकेका पत्रकारले बिकृती-बिसङ्गतिको उजागर गर्न पाउने कि नपाउने?कुनै बेक्ती वा सस्थाको गलत कार्यलाइ मुखदर्शक भएर मन्द मुस्कानमा समर्थन गर्नु पर्ने अबस्था होकि होइन ?आज हामी २१ औ शताब्दीमा पाइला चालिरहदा कस्तो समाज र प्रवृत्तिको वकालत गर्दै छौ जहाँ समाचार लेखेकै भरमा कुनै पत्रकारलाई प्रत्यक्ष -अप्रत्यक्ष दबाब र धम्की दिएर कलम बन्द गर्ने दुसप्रयास गर्दै छौ।कुनै बेक्ती वा पक्षको समाचार प्रवाह गर्दा वाही-वाही गर्ने पत्रकारलाई उनै बेक्ती वा पक्षको गलत आचरण र प्रवृत्तिमा प्रशन उठाउदा किन जेल-नेल लाने धम्की दिइन्छ।कि ठुलालाइ चैन सानालाइ एन भन्ने परम्परागत मानसिकताबाट ग्रसित छौ?हामी सभ्य समाजको खातिर जनआबरणमा शब्दहरु खर्चिदा ब्यबहारिकतामा लागू गर्न किन कन्जुसाइ गरिरहेका छौ?आज केबल एक बेक्ती र पक्षको मात्र बिषय उठिरहेको छैन समग्र गलत प्रबृत्ति ,बिसङ्गती एबम सोझा साझा नागरिकको अन्यायका लागि आबाज बुलन्द भैरहेको छ।पत्रकार कुनै पक्षको मात्र वकालत गर्ने साधन होइन ताकी एउटा नजाजय र असभ्री चरित्र माथी पक्षपोषण गरोस।कुनै बेक्तिको चरित्रमाथी अनावश्यक अफबाह फैलाएर व्यक्तिगत जिबनलाइ धराप पार्ने कार्य पनि पत्रकारले गरिनुहुदैन तर गलत आचरण र कुकृतिको पर्दामा खबरदारी गर्नु मिडियाको धर्म हो।त्यही सत्कर्म र समाज परिवर्तन गर्ने रास्ट्रका पहरेदार एबम सम्बाहक माथी डर-धम्कीको धज्जा फैलाएर कलम बन्द गर्ने अनैतिक कदम सम्बन्धित पक्षबाट बन्द गरियोस।हामी सच्चा र इमान्दार पत्रकार गोलबन्द भै अबान्छित क्रियाकलापका विरुद्ध आबाज सन्चार गरौ ताकी उदारहणिय समाजको नबिनतम आकारको सन्जाल निर्माण होस।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.