गुल्मी समाज पोल्यान्डद्दारा मृगौला पिडितलाई सहयोग रकम हस्तान्तरण

gulmi-samaj-poland
प्रेम सुनार
गुल्मी, फागुन २८ । गत दुई बर्ष देखि दुबै मृगौला फेल भई जिवन मरणको दोसाँधमा रहेका गुल्मी रुपाकोटका २८ बर्षिय गोपालबहादुर बिकको उपचार्थ पोल्याण्डमा रहेको गुल्मी समाज पोल्यान्डले सहयोग रकम पठाएको छ । चन्द्रकोट गाउँपालिका वडा नम्वर ७ , रुपाकोट, निस्फुक डाँडा निवासी बिक भारतको रोजगारीमा छँदा बिरामी परी ३ बर्ष अघि घर फर्किएका थिए । फर्के लगत्तै स्वास्थ्य परिक्षण गर्दा उनको दुबै मृगौला फेल भएको पत्ता लागेको थियो । उनलाई पोल्याण्डमा क्रियाशिल गुल्मी समाज पोल्यण्डले नेपाली ४९ हजार ५ सय ५५ रुपैयाँ पठाएका हुन ।

उक्त रकम त्यस वडाका वडाध्यक्ष लक्ष्मी प्रसाद भण्डारी मार्फत पोल्याण्डबाट आँपचौर स्थित घरका समाजका सदस्य विष्णु सुनारले हस्तान्तरण गरेका हुन । बिक परिवार आर्थिक रुपमा एकदमै कमजोर रहेकोले थोरै भए पनि सहयोग गर्न सके केहि राहत हुने थियो र अरुले पनि यसरी नै सहयोग गरुँन भन्ने उद्देश्य लिएर उक्त रकम पठाएको समाजका अध्यक्ष प्रकाश तिवारीले गुल्मी न्युजलाई बताएका छन् ।

आँपचौर निवासी अध्यक्ष तिवारीले १ सय जोल्टी, समाजका सल्लाहकार अर्लाङ्गकोटका रामचन्द्र न्यौपानेले एक सय जोल्टी, कोषाध्यक्ष रुपाकोटका विष्णुप्रसाद भण्डारी सय रुपैयाँ जोल्टी, सदस्य अर्लाङ्गकोट निवासी नुमनाथ न्यौपानेले ५० जोल्टी, आँपचौरका पर्शुराम खरेलले ५० जोल्टी र जोहाङ्गका मुकुन्द भट्टराई जोल्टी सहयोग गरेका थिए ।

त्यस्तै रुपाकोटका काँशीराम भण्डारी ५० जोल्टी, सोही स्थानका सागर भण्डारीले ५०, जोल्टी संस्थाको तर्फबाट एक हजार जलौटी प्रदान गरि सटही गर्दा नेपाली रुपैयाँ ४९ हजार ५ सय ५५ भई हस्तान्तरण गरिएको हो । सहयोगदाता संस्था र ब्यक्तिहरुलाई वडाध्यक्ष भण्डारीले धन्यवाद दिँदै अन्य स्थानबाट पनि यसरी नै सहयोग गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.