बेसाहारालाइ साहारा दिनु पर्छ भन्ने आख्यानलाइ अनुसरण गर्दै थोपा-थोपा जम्मा भएर सागर बन्ने अभियानको सारत्व प्रदान गर्दै जीवन मरणको दोसाधमा छट्पटी रहेका गुल्मिबासी गोपाल बहादुर बिकको चट्टानि रोगलाइ मत्थर गर्नको निमित्त मलम लगाउने प्रयास हामिले गरेका छौ।यो सहयोगलाइ मुर्त रुप दिन ती सहयोगी मन र स्वयम् हाम्रो समाज दिलब्य उद्देश्यका साथ अग्रसर भयौ ताकी एउटा बिरामिको अन्धकारको ढोकालाइ उज्यालो बनाउने प्रयत्न भएको छ।पबित्र अभियानमा सरिक हुने गुल्मी समाजका स्वयम् पदाधिकारी ,कार्यसमिती सदस्य ,सल्लाहकार,रकम हस्तान्तरण गर्न विशेष भुमिका खेल्ने कार्यसमिति सदस्य बिस्नु सुनार,समाचार प्रवाह गरि हाम्रो सस्थाको परोपकारी कार्यलाइ उजागर गर्ने गुल्मी न्युज तथा पत्रकार प्रेम सुनार लगायत समस्त नेपाली प्रती हामी विशेष आभार बेक्त गर्दछौ।आगामी दिनमा लोककल्याणकारी कार्य जारी राख्ने पुनः प्रतिबद्धता बेक्त गर्दछौ।
अध्यक्ष सचिब
प्रकाश तिवारी एबम कलश खरेल
समस्त गुल्मी समाज पोल्यान्ड परिबार