मित्रलाल पार्दे
वारसवा पोल्यान्ड
युरोपमा कसैको व्यक्तिगत विवरण अनुमति विना प्रकाशित गरेमा अनुमति विना वा असान्दर्भिक ठाउँमा तेस्रो व्यक्तिलाई फोन नम्बर पासपोर्ट नम्बर दिन बन्देज लगाएको कानुन छ ।
कसैले कसैको नाम व्यक्तिगत विवरण सामाजिक संजालमा कुनै जानकारी विना सार्वजनिक गरेमा त्यसको दन्ड जेल देखी दशौ मिलियन युरो सम्म रहेको छ ।
सम्बन्धित व्यक्तिको कुनैपनि कारोबार गर्दा कानुनी रुपमा न भएर सहयोग गर्छु भन्नेलाई पनिलागु युरोपको कानुनले अप्ठ्यारो पारेको छ । जस्तो कुनै संघ संस्थाले सम्बन्धित व्यक्तिको इछ्छाविना व्यक्तिगत विवरण पनि सार्वजनिक गर्न पाउदैनन् । कुनै तेस्रो व्यक्तिले तेस्रो व्यक्तिको फोन नम्बर पनि सम्बन्धित व्यक्तिको अनुमती विना दिन नपाइने छ ।
अब जहाँ जुन ठाउँमा कानुनी रुपमा जे जे विवरण राख्न भनिएको छ त्यही मात्र समावेश गर्न मात्र पाइने युरोपको डाटा प्रोटेक्सन सिस्टममा छ ।
१४ अप्रिल २०१८ मा युरोपियन पार्लियामेन्टले स्वीकृत गरि २५ मे देखि GDPR (General Data Protection Regulation) युरोपियन युनियनभरि हरेक कम्पनीहरुमा पुर्णरुपमा लागु भएको छ । यो नियमको मस्यौदा तयारी र छलफल गर्न युरोपियन पार्लियामेन्टमा चार बर्षसम्म चलेको थियो।
यो नियमले हरेक व्यक्तीको व्यक्तिगत विवरणमा सुरक्षा प्रदान गर्दछ भनेर लेखिएको छ ।
कुनै पनि व्यक्तिको व्यक्तिगत बिवरण सार्वजनिक गर्नुपूर्व वा सामाजिक संजालमा सार्वजनिक गर्न वा प्रकाशन गर्नुपुर्व अनिवार्य रुपमा सम्बन्धित व्यक्तिको अनुमति लिनु पर्ने हुन्छ ।
विना अनुमति कसैको पनि व्यक्तिगत विवरण प्रकाशित गरेमा वा प्रयोग गरेमा दशौं मिलियन युरोसम्म कम्पनी वा व्यक्तिलाई जरिवाना हुनसक्ने व्यवस्था यो नियमले गरेको हुँदा विशेष सावधानी अपनाउनु आवश्यक छ । विशेष गरेर कुनै पनि नेपाली संघ- संस्थाहरुले सदस्यहरुको नाम, बिवरण र नामावली प्रकासन गर्दा सकेसम्म अनुमती नलिइ नगर्नु नै बेश हुन्छ ।
यो नियमले हरेक ब्यक्तिको व्यक्तिगत विवरणमा सुरक्षा प्रदान गरेको हुनाले कसैको पासपोर्ट, आवसीय अनुमति पत्र वा अन्य कुनैपनि ब्यक्तिगत विवरण ( जसमा नामका साथै, जन्ममिति , र अन्य महत्वपुर्ण बिवरण र नम्बरहरु लेखिएका हुन्छन ) खुल्ने कुनै पनि कागजात सम्बन्धित व्यक्तिको अनुमति बिना प्रकासन वा प्रयोग गर्नु अघि सावधानी अपनाउनुपर्ने हुन्छ । हामीहरु हचुवा भरमा सम्बन्धित व्यक्तिको कागजात विना अनुमती अरु व्यक्तिलाई दिएका हुन्छौ भने पनि यो नियमले अप्ठ्यारो पार्न सक्छ । यद्द्पी कम्पनीहरुको नियममा यो लागू हुदैन कम्पनी र सार्वजनिक महत्वका ठेगाना बाहेक अरुको व्यक्तिगत ठेगाना पनि विना अनुमति दिन मिल्दैन ।
बिशेष गरेर युरोपमा सहयोगी भावनाले रेसिडेन्सी कार्ड जस्ताको तस्तै प्रकाशित गर्ने सिधै सामाजिक संजालमा कसैलाई कुनै तर्कविना व्यक्तिगत आरोप लगाउनेलाई पनि यो नियमले बाधेको छ । यद्यपि आधारसहितको पुष्टि भएकालाई सार्वजनिक महत्वको विषयमा भने लेख्न प्रकाशन गर्न सकिनेछ ।
गैर कानुनी रुपमा कुनै पनि अपरिचित व्यक्तिलाई बसाल्ने अपरिचित व्यक्तिलाई बिना आधार सम्बन्धित व्यक्तिको चाहना विना राख्नेलाई पनि अप्ठ्यारो पार्ने हुनछ । यो नियमले हुन्डी कारोबारीलाई पनि असर पर्ने देखिन्छ जस्तो पैसा हुन्डी गर्दा तेस्रो व्यक्तिको नम्बर दिनुपर्ने हुन्छ यदि सम्बन्धित व्यक्तिको अनुमती विना फोन दिएमा कथन कदाचित पकडाउ परेमा युरोपमा बसेको कसले दिएको भनेर फोन नम्बर दिने व्यक्ती प्रमाणित भएमा पनि समस्या पार्नेछ साथै सम्बन्धित व्यक्तिको अनुमति विना जो मन लाग्यो उसलाई डकुमेन्ट दिन पनि बन्देज गराएको छ । यो नियमले सम्बन्धित व्यक्तिको इच्छा विना गैर कानुनी रूपमा कागज पत्र अरुलाई दिने काम गर्नेलाई पनि असर पर्ने हुन्छ ।, यो नियमले सहयोग गर्नेलाई पनि झमेला हुनसक्ने भएकोले सकेसम्म रेसिडेन्सी कार्ड, बैंक कार्ड आदि जस्ताको त्यस्तै सामाजिक संजालमा पोष्ट नगर्न र पोष्ट गर्नैपर्ने भएपनि सकेसम्म नामको केही अंश र जन्ममिति, कार्ड नम्बर आदि महत्वपुर्ण बिवरणहरु छोपेर मात्रै प्रकाशित गर्नु बुद्धिमानी हुनेछ। यो नियमले हरेक व्यक्तिको व्यक्तिगत जीवनमा दक्खल हुने काममा कडाइ गरेको छ ।
त्यस्तै, यो नियमले कुनै पनि अपरिचित व्यक्तिलाई तेस्रो व्यक्तिको सम्पर्क नम्बर, ठेगाना लागायतका कुनै पनि व्यक्तिगत बिवरणहरु दिनुमा बन्देज लगाएको छ। यदि दिनै परेमा सम्बन्धित व्यक्तिलाई सोधेर मात्र दिन सकिन्छ कुनै पनि संघ संस्थाले जुन प्रयोजनको लागि व्यक्तिगत बिवरणहरु संकलन गरेको हो , त्यो बाहेक अन्य कामको सो बिवरण प्रयोग गरेमा समेत असर पर्ने यो नियमले लागु गरेको छ ।
व्यक्तिगत सुरक्षा नितिले जस्तो तपाईं कुनै कम्पनीमा जुन प्रयोजनको लागि विवरण लिने हो त्यही प्रयोजनको लागि मात्र पाउनु हुनेछ । यो व्यक्तिगत विवरण सुरक्षा प्रणाली गत वर्षदेखि शुरु भएको हो ।
श्रोत: भोइस नेपाल युरोप पोर्चुगल, गुगल, General Data Protection Regulation in Europw
Wikiepedia and so many infoemative sectors ….