कलश खरेल/एस डि अर्पण
१२ मार्च, वार्सावा । शब्द कसैका लागि साधन वा साधकी बन्ला ,कसैका लागि हाँसो र मजाक बन्ला, कसैका लागि ढोका बन्द गर्ने चापी बन्ला तर आम नेपाली जनताको भरोसाको केन्द्रबिन्दु बनोस् अन्तरआत्मा देखि कामना गर्न चाहान्छु।सुरुवातमा हामी नेपाली समाजको एक नागरिक हुँदै पत्रकारिताको मार्गमा डोरिएका हौँ।आज म एउटा पत्रकार भन्दा पनि आम नागरिक सरह आफ्नो समाजमा पछिल्लो दृश्यमा घटेका घटनालाई पर्दामा उतार्ने जमर्को गर्दै छु।नेपाली परिणती भनौँ वा बाध्यता सपना साकार बनाउने केन्द्र्बिन्दु नै विदेशी शहर बन्न जान्छ, किनकी हामी आफ्नो देशमा ब्याप्त बेरोजगारीबाट पिल्सिरहेका छौ।
समाजको ढाँचा नै विदेशी भुमिको पर्खाइको गन्तव्य पुग्न गएको छ।समाज को बुझाई पनि कस्तो कोहि छोरा,दाइ भाईले नेपालमै केही काम गरेर आम्दानीको बाटो पहिल्याछु भन्ने साहासिलाई हरेक दिन माथिको माइलो,तलको रामे कोरिया,जापान,पोल्यान्ड गएर कति कमाइ सक्यो यस्को हालत यस्तो छ भन्ने माथ दिन्छौ ।साहासको डोरि बुनेको कुनै व्यक्तिलाई बिचमा तोड्ने काम हामी गरिरहेका छौ जसको कारण चाहेर वा नचाहेर कलकलाउदो युवाको कल्पनाको बन्दना हुन जान्छ वैदेशिक यात्रा जहाँ सुरु हुन्छ कठिनताको तरवार।एउटा युवालाई समाज र परिवारको दबाबमा जसरी पनि विदेश जानु पर्ने बाध्यता जहाँ अनेकौ आकर्षक जनझाल बुनेर सयौँ दलाल र उसका मतियार पैसाको लुटतन्त्र मच्चाउने गतिलो अस्त्रका रुपमा युवालाली प्रयोग गरेको विभिन्न दृस्टान्तले बताउँछन्।पछिल्लो दिनहरुमा पनि युरोपियन राष्ट्र पोल्याण्डमा पनि ठग्ने,छलकपट गर्ने दलाल र एजेण्ट खुलेआम कम्मर कसेर सोझा-साझा नेपाली युयुवायुवतीको श्रम-पसिनाबाट आर्जेको धनलाई गोजिको फुरमान बनाउने एवं सयर गर्ने शुत्र बनाउन कम्मर कसेर लागिपरेका छन् जुन निर्लजताको उपज बाहेक केही हुनै सक्दैन।कुनै माध्यम बाट एउटा एजेण्ट वा दलालसँग सम्पर्क हुन्छ जहाँ सुरु हुन्छ पैसाको बार्गेनिङ।बिचरा एक युवा जो घरमा आम्दानिको श्रोत अभावका कारण छटपटिरहेको अवस्थामा कुनै माध्यमबाट एउटा एजेण्ट वा दलालसँग सम्पर्क हुन्छ जहाँ सुरु हुन्छ पैसाको बार्गेनिङ।
३ महिनामा पोपोल्याण्डको भिसा लगाएर उत्कृष्ट कम्पनीमा काम लगाइदिन्छु भनिसकेपछि ७-८ लाख तिर्न उक्त युवा राजी हुन्छ।सुरुमा ५० हजार हुँदै ३ महिना सम्म उस्ले ३ लाख बुझाउँछ त्यो पनि चर्को ब्याजमा रिण खोजेर तर आज-भोलि काम हुन्छ भन्दा भन्दै एक बर्ष वा २ बर्ष बितिसकेको हुन्छ । दलालले आफ्नो बाटो तय गरिसके हुन्छ भाग्ने र कुलेलाम ठोक्ने।चर्को ब्याजमा ऋण खोजेका युवाको नियती बन्न जान्छ फेरि अनायासको बोझमा रिण बल्झिने।हामी कति निरीह छौ जहाँ दिनदाहाडै हरेक नेपाली ठगिदा पनि आवाज बुलन्द गर्न सक्दैनौ।आफुलाई केही समस्या पर्ने होकि वा बाटो बन्द हुने होकि भन्ने त्रासले अरुको घाउमा मलम लगाउन खुट्टा कमाइरहेका छौ। पोल्याण्डमा पछिल्लो प्रकरणमा आएको भन्दा यहाँ सयौ भाइरसे फटाहा दलाल जन्मिएका छन् जसले निर्दोष नेपालीको भविषयमा खेलबाड गरिरहेका छन्।चाहे रामबहादुर हुन् ,वा महाथिर-महाबिर किन नहोस् ती गलत पात्रका विरुद्ध हामी इमान्दार एवं जागरुप युवाले आवाज बुलन्द गर्नै पर्छ।सुन्दर सपना बोकेर विदेश होमिन लागेको वा होमिएको कुनै नेपाली माथी ठगिको जालोले बज्रपात हुदा टुलुटुलु हेरेर नबसौ ताकी दलालवाद र ठगी प्रथा विरुद्ध धाबा बोलौ।कृपया सबै नेपाली दाजुभाई दिदी बहिनीलाई मेरो विशेष आग्रह छ कोहि-कसैले सामान्य भेटकै भरमा विश्वास परि पोल्याण्ड आउने वाहानामा लाखौ पैसा खर्च नगर्नुहोस्।तपाईले सुनेको पोल्याण्ड र भोगिने पोल्याण्ड धरातलनै फरक छ।यहाँ पछिल्लो पटक हजारौं नेपाली डकुमेन्ट समस्याले पिल्सिएका छन्।नत नेपालमा अफवाह फैलाइजस्तो यहाँ लाखौ युरो कमाइ छ नत उत्कृष्ट सुवीधा नै, न त यँहाको प्रमुख भाषा अंग्रेजी हो । यँहाको प्रमुख भाषा पोलिश हो ९७ प्रतिशत मान्छेहरुले पोलिश बोल्छन् । यँहाको मुद्रा पोलिश ज्लोटीको जसको सटहीदर एक ज्लोटी बराबर लगभग तीस रुपैंया नेपाली हुन्छ । हामी सबैलाई आव्हान गर्छौ । कृपया पोल्याण्ड भिषाका लागि आवेदन दिदैँ हुनुन्छ भने दश पटक सोच्नु होला,गहिरो अध्ययन अनुसन्धान गरेर मात्र निर्णयमा पुग्नु होला अन्यथा पछुताउने बिकल्प बाहेक हामीसँग अर्को उत्कृष्ट माध्यम हुने छैन।