बिन्ती प्रधानमन्त्री ज्यू !भ्रष्टाचारमुक्त देशको निर्माण गरौ !

All-focus

All-focus

सम्माननीय प्रधानमन्त्री ज्यू
म कसैको अनावश्यक टिका टिप्पणी गर्न चाहदैन । म विश्वास गर्दछु देशको निर्माण कुनै एउटा झुपडीबाट सुरुवात हुन्छ । म विश्वास गर्दछु राष्ट्र अभियानको सुरुवात कुनै कल्पनाबाट विस्तार हुन्छ । म विश्वास गर्दछु प्रधानमन्त्रीज्यू निस्वार्थ रुपबाट गरेको कामको अनुकरण संसारले गर्दछ । म विश्वास गर्दछु प्रधानमन्त्रीज्यू यदि मेरो आफ्नो घर छ भने अर्कोले पनि मलाई बास बस्न दिन्छ ।म विश्वास गर्दछु प्रधानमन्त्री ज्यू यदि मेरो घर छैन भने अर्कोले पनि मलाई बास दिदैन । यदि मेरो देश नेपाल आँफैमा अपाङ्ग छ भने हामी नेपाली जहाँ बसे पनि अपाङ्ग महसुश गर्दछौ । हामीलाई स्वीकार्य छैन प्रधानमन्त्री ज्यू घर जलाएर खरानीको परीपुर्ती गर्ने । प्रधान मन्त्री ज्यू हामीलाई मात्र सकारात्मक सोचको बिकास गर्नुछ । कसैलाई गाली गलोज गरेर देश बन्ने भए नेपाल अहिले सम्म स्वर्ग बन्ने थियो होला । तै पनि हामी हरु निराश हुनु पर्ने कारण कसैलाई देख्दैन । हामीले गर्न सक्छौ । हामीले नयाँ आयाम लिन सक्छौ । अत आज हरेक नागरिकले देश र मानब समुदायमाथिको सकारात्मक सोच राख्दै सकारात्मक बाटो पहिल्याउने हो भने अवश्य हामी उज्यालो किरण पाउन सक्छौ । कसैको बद्नामी गरेर जीवन बिताउनुको सट्टा म देश प्रति के गर्न सक्छु भन्ने सोच लिने हो भने हरेक नकारात्मक सोच हरु आँफै विलिन हुन्छन् । कसैले कसैको टाउको काट्नु पर्दैन । कसैले कसैको गास खोस्नु पर्दैन । अंगुलीमालहरु पनि नयाँ नबिन सोचको निर्माण गर्छन् । शकुनी हरु पनि मानवता देशप्रेमको गुलियो चाकामा भुल्छन् । सकारात्मक सोच समाजको लागि, सकारात्मक बाटो मानव संसारको लागी अनुकरणीय होस् । एक दिन संयुक्त राष्ट्र संघले पनि कमसेकम् हरेक वर्ष कुनै एक गरीब देशलाई नमुनाको रुपमा अगाडि सार्दै भ्रस्टाचार मुक्त देशको निर्माण गर्ने राणनिती लेवस । संसारमा राम्रा मान्छेहरुको पनि कमी छैन ।

चार खर्ब ७७ अर्ब १७ करोड ६२ लाख ३४ रुपैयाँ हाम्रो देशको थाप्लोमा परेको रिनलाई एक पटक हामीले सोच्नै पर्दछ । प्रधानमन्त्री ज्यू तपाई हामी आँफै न सोच्ने हो भने भोलि नेपाल लिलामी हुन बेर लाग्दैन । भ्रष्टाचारीलाई मात्र सराप्दैमा देश बन्दैन ,नेतालाई सराप्दैमा देश बन्दैन अब हामी आँफै नविन सोचले अगाडि बढ्ने भर्याङको आवश्यकता छ । हो उनिहरुले देशको रिन झनपछी झन बढाउने काम गरे होलान । उनिहरुलाई कानुनी मुलधारमा लिदै हामी हरेक नेपालीले एक पटक गम्भिर भएर हेरौ अवश्य हामी सफल हुन्छौ । हरेक नागरिकको आफ्नै समस्या होलान् नै,तर आफ्नो समस्या भन्दा ठुलो समस्या देशको बारेमा सोच्न सक्यौ भने हामी धेरै अगाडि जान सक्छौ । देशले हामीलाई के दियो भन्नु भन्दा पहिले देशलाई हामी के दिन सक्छौ भन्ने सोचमा गयौ भने अवश्य देशले पनि हामीलाई केही दिनेछ । देश न हुने हो भने हामीहरु नागरिक हुनुको अर्थ पनि कहाँ रह्यो र ? देश नहुने हो भने हामी बिदेशमा नेपाली भन्नू के अर्थ रह्यो र !
हामी विदेशमा बस्ने नेपालीहरुलाई पनि सधैं बिदेश प्यारो छैन । हामी हरेक बिदेश बस्ने नेपालीहरु पनि भोलि आफ्नै देशमा लडीबुडी गर्न पाउने बातावरण निर्माण गर्न सक्यौ भने त्यसैमा हाम्रो भलो छ ।त्यसैमा हाम्रो कल्याण छ । अत नेपालका प्रधान मन्त्री ज्यू स्वीकार्नुस् तपाईंले बिदेश बस्ने नेपालीको छोराछोरीको पत्र हरेकले देश बोकेर हिडेका छन् सम्माननीय प्रधानमन्त्री ज्यू ।

एक पटक बिन्ती नेपालका प्रधानमन्त्री ज्यू भ्रस्टाचार मुक्त देशको निर्माणमा कम्मर कसेर सबै जुटेर हेरौ त देश कस्तो बन्छ !
१- सकारात्मक सोचको बिकास
२- हरेक सर्वजनिक ओहोदामा बस्नेहरुले देशमा आइलागेको आफ्नो टाउको माथि परेको रिन तिरेर मात्र आफ्नो कार्य सन्चालन गर्ने सोचको बिकास
३ हरेक नागरिकलाई भ्रष्टाचार सम्बन्धि सचेतना जानकारी दिने परी पाटिको बिकास गराउने
५- संयुक्त राष्ट्र संघलाई कम् से कम् वर्षमा एक देशलाई भ्रष्टाचार मुक्त देशको घोषणा गर्न लगाउन दबाब दिने र संसारका मानब समुदायले एवम सरकारले संयुक्त राष्ट्र संघले भ्रस्टाचार मुक्त घोषणा गरेको देशलाई हरतरहले सहयोग गर्ने परिपाटिको बिकास गर्ने अवधारणा
६ -हरेक सर्वजनिक मेला समारोह विवाह पार्टी एबम अनुत्पादक खर्च हुने रकमलाई कटौती गर्दै बिकास निर्माणमा लगाउने अवधारणा

मित्र लाल पार्दे (पानी अभियानकर्ता )

पोल्यान्ड

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.