Krishna Bhandari
~ॐ~
शिव शिव; शिव शम्भो
शिव शिव शिव शम्भो
खै मानवमा के के कम भो ?
खै यो कस्तो चरो
जिव; जगत् सखाप पार्ने बन्चरो?
सोचेको छ रूखको खुट्टा काटे;
आफु र आफ्नै नियतिको बाटो फाटे ?
अरूलाई सिध्याएर आफ्नो भलो सोच्ने
नुन र कानुनको धर्म रत्ति भर नसोच्ने ??
कति निस्ठुरी हुन सक्ने
शासन गर्न पाएँ ;रत्ति अनुशासन नसोच्ने ?
ज्ञान बिज्ञान का ठुला सारथी हाक्ने
Action र reaction लाई चाहिँ कत्ति नसोच्ने ?
सबको कल्याण मंगल होस्
१०/१५ वर्ष मा तिम्रो अन्त नहोस?
खै अब नयाँ के के क्रान्ति
सबै को आत्मा मा शान्ति शान्ति ??
भाषा परीभाषा तिम्रै सही
ज्ञान बिज्ञान मात्र तिम्रै सही?
हिमाल झरना पनि तिम्रै
जिवन जगत् को ठेक्का पनि तिम्रै?
System;शासन; व्यवस्था तिम्रै
Ecosystem माथि बलात्कार तिम्रै?
नैतिक शास्त्र र संस्कृत पनि तिम्रै
न्याय र अधिकार पनि प्याओ तिम्रै??
सके जति गर अझै सबै तिम्रै
परमात्मा र प्रक्रिती माथि राज; के सधैं चल्ला तिम्रै??
शिव शिव; शिव शम्भो
खै मानवमा के के कम भो???
♧◇♤♡¿¿¿
~ Yogi BK; (शितल छहारी)
(08-03-2018)~ Poland
Source Yogi BK FACEBOOK