केही महिना अगाडी पोल्यान्डबासी नेपाली ब्यबसायी ईश्वर श्रेष्ठको पोल्यान्डमा रहस्यमय निधन भएको थियो जुन घटना कहालीलाग्दो एबम अकल्पनीय थियो।आफ्ना छोराको पार्थिब शरीरलाई नेपाल लाने योजनाकासाथ पोल्यान्ड आइपुगेका मृतक श्रेष्ठका बुवाको उक्त चाहना त पूरा हुन सकेन जसमुताबिक केही दिन अगाडि पोल्यान्डमै केही नेपाली जनसमुदायको उपस्थितमा अन्तिम दाहसंस्कार गरियो।खासगरी उक्त त्रासमयी घटनाको सन्दर्भमा पोल्यान्ड नेपालका सम्पादक कलश खरेलले उनी सङ्ग विशेष सम्बाद गरेका थिए।विशेष सम्बादमा हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्छ भनेर बताएका थिए ।