पोल्यान्ड ठगी बिषयमा विभिन्न संघ सस्थाको साझा प्रतिबद्धता

 

केही दिन अगाडि नेपाल पत्रकार समिती पोल्यान्डले पोल्यान्ड ठगी प्रकरणको बिषयलाइ मध्यनजर राख्दै एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो।उक्त अबसरमा बैदेशिक रोजगारिलाइ सरल-सहज बनाउन एबम गलत अभिस्ट पूरा गर्न भ्रमको खेती गर्ने अमुख एजेण्टलाई नियन्त्रण गर्ने बिषयमा सहभागी विभिन्न सघ-सस्थाका प्रमुख एबम प्रतिनिधि बिचमा साझा अबधारणा तयार गरिएको थियो।

पत्रकार समिती पोल्यान्डको आयोजनामा सम्पन्न कार्यक्रममा एन आर एन ए पोल्यान्डका संस्थापक अध्यक्ष  डा बोधराज सुवेदी , पानी अभियानकर्ता मित्र लाल पार्दे ,एन आर एन ए  पोल्यान्ड उपाध्यक्ष जीवन के सी , गुल्मी समाज पोल्यान्ड अध्यक्ष प्रकाश तिवारी प्रवासी एकता मंच पोल्यान्ड संयोजक टंक कटुवाल , इनास पोल्यान्ड कार्यवाहक अध्यक्ष अमित कुमार यादब  जनसम्पर्क समिती पोल्यान्ड  सह महामन्त्री कविन्द्र सुवेदी पत्रकार समिती पोल्यान्डका सदस्य खगराज जिरेल , नवराज शर्मा ,  पत्रकार समिती पोल्यान्ड अध्यक्ष कलश खरेल , सचिब सुसन परियार   लगायतले आ आफ्नो विचार राख्दै  पोल्यान्डमा कुनै पनि काम प्रक्रियागतमा गर्न गराउन साझा अवधारणा पत्रमा निम्न बुदाहरुमा  हस्ताक्षर गर्नु भएको थियो ।

 

पोल्यान्ड ठगी घटना रोक्न विभिन्न संस्थाका प्रतिनिधिबाट हस्ताक्षरित साझा प्रतिबद्धताहरु

(१) सरकारी निकायबाट वैदेशिक रोजगारिका लागि पोल्यान्ड आउने र ल्याउने दुवै पक्ष बिच उचित परामर्शको डेस्क खडा गर्न पहलकदमी लिने।पोल्यान्डको धरातल,कानुन,नियम र भाषाको सन्दर्भमा जनचेतना पैदा गर्ने

(२)युरोपमा झुट्टा सपना अतिरन्जित गरेर नेपाली युबायुबतिलाइ दुख दिन उद्द्त गिरोहलाइ कानुनको दायरामा ल्याउन उचित कदम चाल्ने

(३)कार्य अनुमती पत्र(work -permit)दिने सन्दर्भमा निश्चित संघ-सस्था वा ठोस निकाय तोक्ने बिषयमा सरकारको ध्यानाकर्षण गराउने

(४)पोल्यान्डमा हुने वास्तविक आम्दानी,खर्च,कामको प्रकृति एबम समयको सदर्भमा सत्य-तथ्य जानकारी गराउने

(५)पोल्यान्डमा राजदुतावास वा कन्सुलर कार्यलय खोल्नको नेपाल सरकारलाइ दबाब दिने

(६)आधिकारिक पत्रीका वा मिडिया बाहेक व्यक्ती  विशेषले बोलेको कुराहरुमा बिश्वास नगर्न सचेतनामुलक कार्यक्रम गर्ने।

स्मरण रहोस उक्त कार्यक्रम पत्रकार समितिका सचिव शुसन परियारको सन्चालन एबम अध्यक्ष कलश खरेलको सभापतित्वमा सम्पन्न भएको थियो।

received_1180907375393669

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.