हार्दिक श्रद्धान्जली तथा शोकाकुल परिवारजनमा गहिरो समबेदना (Ishwor Sheshtha’s soul RIP and heartfelt condolence to family members !)
मान्छेलाई जे जस्तो परे पनि सहनुनै पर्छ। पोखराबाट १० हजार कि. मि. टाढा आएर बुवा “यम कुमार श्रेष्ठ र छोरा “यमील कुमार श्रेष्ठ(२१ बर्ष)” इश्वोर कुमार श्रेष्ठ को दाहसस्कार र अन्तीम बिदाई(01.03.2019) पोल्याण्डमा बस्ने नेपालीहरु र पोलीश श।थिहरु संग!
श्रेष्ठजी गत चार बर्ष देखी वार्षा, पोल्याण्ड ( Warsaw Poland ) मा बसोबास र बसाइ (Restaurant ownner and as musician) गर्दै आउनु भएको थियो! श्रेष्ठजीको हत्या उहाकै कामदार सहित अरु दुइजना मिलेर गरेको भन्ने शंका गरि उनीहरुलाई पक्डिएको पनि छ! पहिला तिन महिनामा अन्तिम सुनवाई हुन्छ भन्ने थियो। अहिले ६ महिना पछि हुन्छ भन्ने सुनिएको छ। पहिला मैले मारेको हो भन्नेले कुरा फेरेर होइन भन्न थालेको छरे। मलाई कता कता डर छ । छ महिना पछि अहिले समातिएका निर्दोष ठहरिने र अर्को दोषी पनि नपाइने नहोस भन्ने ।
त्यसैले अन्तिम सुनवाई र दोषीलाई कडा भन्दा कडा सजाय नहुदासम्म हामी चुप लाग्नु हुुँदैन आझै हाम्रो “नेपाली राज्दुताबास (बर्लिन), गैर आबासीय नेपाली संग पोल्याण्ड, नेपाली पत्रकार सामिती पोल्याण्ड, जनसम्पर्क समिती पोल्याण्ड, एकता प्रबाशी मंच पोल्याण्ड, कलाकार समाज पोल्याण्ड, गुल्मेली समाज पोल्याण्ड, शेर्पा किदुग पोल्याण्ड, अरु पोल्याण्डका विभिन्न संग, सस्थाहरु लगाएत हामी सम्पुर्ण पोल्याण्ड बासी दाजु भाइ दिदिबैनिहरु एकबद्ध भएर, ईश्वर श्रेष्ठ को आत्मालाई शान्ति दिलाउनु पार्छ। अनि भाबिश्यमा अरु यस्ता अप्रिया घटना नदोरियोस।
-Dr. Alini Pokharel Subedi
फोटो श्रोत : डा : एलिनी पोखरेल सुवेदी