“म फरार भएको छैन” , अमित कुमार यादव पोल्यान्ड

0dd92-poland

नेपालको समाचारमा अमित कुमार यादव फरार र उनको सलङ्नता बारे पोल्यान्ड नेपालका संरक्षक मित्र लाल पार्देले बुझ्ने प्रयास गरेका थिए र अमित कुमार यादवले पोल्यान्ड नेपाललाई नेपालको निउज २४ मा आफ्नो नाम जोडिएर  आएको  पोल्यान्ड ठगी सम्बन्धी दिएको विशेष सम्वाद   जस्ताको तस्तै  ।

* नेपालको चर्चित मिडिया निउज २४ मा तपाईको अमित कुमार यादव फरार भनिएको कुरा के साचो हो र ?

→ मित्र जी हजुर पोल्याण्ड आए देखि मलाई चिन्नु हुन्छ फरार भएको भए तपाइले मलाई भेट्न सक्नु हुन्थ्यो  र हजुरलाई थाहा नै  छ कि म पोल्याण्डमा २००६ देखि कन्सल्टेन्सी व्यवसाय  गरेर बस्दै  आएको छु र अहिले म तपाई संग अन्तर्वार्ता दिदैछु ।म मेरै अफिसमा आफ्नो काम गरिरहेको हुन्छु । त्यसैले  म फरार भनेको समाचार (खबर) गलत हो ।

 

* नेपालको निउज २४ ले तपाईसंग कुनै  किसिमको जानकारी या सोधपुछ गरेको थियो कि नाई ?

→ छैन ।

* निउज २४ जस्तो समाचारमा तपाईलाई दोषि  देखाएको छ नि  ? 

→ मित्र जी मलाई लाग्छ कि केहि ब्यक्तिहरुले डाह र इर्ष्याले  मलाई यो केसमा मुछाउन  खोज्दैछन् । म पोल्याण्डमा बस्दै  आएको ब्यक्ति फरार भनिएको छ ।  दृष्मा ओभरसिजको बारे पहिला संचार माध्यममा पनि समाचार आएको हो तर मेरो नाम थिएन तर यो निउज २४ मा जवर्जस्ती मेरो नाम मुछिएको हो । 

* तपाइले  नेपाल गएर ईन्टरभ्यु  लिनु भएको छ ? के यो सहि हो त ?

मित्र जी म २००६ देखि कन्सल्टेन्सी पेशामा लागेकोले यो पेशामा लागेको धेरे मान्छे लाई चिन्छु र सम्पर्कमा छु ।पोल्याण्डको केहि कम्पनी, मेनपावर (वोर्क एजेन्सी) संग म अनुवादक (ट्रांस्लेटर), एडभाईजर, रिक्रुटर भएर काम गर्दै  आएको छु । 

* तपाई यो पेशामा भएकोले म तपाईलाई सोध्न चाहन्छु कि किन अहिले नेपाली कामदारहरु वोर्क परमिट पाएर पनि पोल्याण्ड आउन सकेका छैनन् ? किन  यो समस्या भैरहेको छ ?

→ मित्र जी पोल्याण्ड को दुतावास इंडियाको नया दिल्लीमा छ र जहा ७ वटा देशको मान्छेले भिसा निवेदन दिने गर्छन ।

दुतावासले एकदिनमा ६० जना सम्मको निवेदन मात्र लिन सक्ने अवस्था छ तर पोल्याण्ड सरकारलाई धेरै  कामदार चाहिएकोले हजारौ  हजार वर्क परमिट  पाएको मान्छेहरु छन् र दुतावासमा निवेदन दिन समय पाइरहेको अवस्था छैन त्यसले नेपाली कामदार हरु वर्कपरमिट पाएर पनि भिषा  निवेदन दिन पाएको छैन । समस्या नेपाल मात्र नभएर पोल्यान्ड आउन चाहने इन्डिया पोल्यान्ड दुतावासले हेर्ने सातै देशको वर्क परमिट पाएका नागरिकहरुलाई भैरहेको छ । 

* अमित जी तपाइले तपाइको पेशा मर्यादित बनाउन  अन्तमा तपाई के भन्न चाहनु हुन्छ ?

→ मित्र जी नेपाल मेरो जन्म भुमि हो भने पोल्याण्ड मेरो कर्म भुमि हो । पोल्याण्डको नाममा कुनै  किसिमको ठगि या नराम्रो काम नहोस्  र भयो भने मेरो व्यवसाय  बिग्रिन्छ  भन्ने डरले बिग्रिन नदिनलाई दिन रात म सचेत छु । सबैलाई थाहा भएकै छ कि म कन्सल्टेन्सी पेशा चलाएर बसेकै छु । मेरो पेशा मर्यादित बनोस् भनेर   मैले  निम्न किसिमको कदमहरु चालेको पनि थिए ।

– नेपाल गएको बेला बिभिन्न संचार माध्यममा पोल्याण्डमा काम गर्न आउने र पढ्न  आउनेहरुलाई चाहिने जानकारी हरु दिने गरेको छु । पोल्यान्ड नियम कानुन बारे बुझाउन प्रयास गरिरहेको छु  ”  एन आर एन टिभी शो विथ राजन घिमिरे ” यो अन्तर्वार्ता (इन्टरभ्यु ) पछि धेरै  मान्छेले मलाई सम्पर्क गरेर  भने ,”अमित जी तपाईले धेरे राम्रो काम गर्दै  हुनुहुन्छ ” अनि उनैले प्रशंसा गरे ।

→  त्यसैगरी   पोल्याण्डको संचार ” पोल्याण्ड नेपाल डट कम ” का सम्पादक कलश खरेल संग अन्तर्वार्ता (इन्टरभ्यु ) दिए  त्यसपछि  पोल्याण्डमा दुख पाएका, सल्लाह सुझाव चाहिएको धेरेले सम्पर्क गरे र उहाहरुलाइ सल्लाह सुझावको साथ सहयोग गरे र अहिले पनि गरिरहेकै छु ।   

→  पोल्याण्डमा रहेका केही  नेपालीहरुले बिकृति नफैलाओस्  र केहि गरि कुने नेपाली व्यवसाय  केहि समस्यामा परि आए  सहयोगको हेतुले मैले पनि विशेष चासो राख्दै र व्यवसायी समिती गठन प्रक्रियामा पहल गर्दै  ” नेपाली ब्यबसायी संघ, पोल्यान्ड गठन गरिएकै थियो ।   म फरार भएको भए कुनै पनि समुदायमा बस्न चाहदैनथे होला ।

मैले मेरो सोच अनुसारको  कसैलाई सहयोग गर्दा आफ्नो जीवनको लक्ष्य  पुरा हुदै  गरेको पाउछु।

 मेरो उदेश्य एउटा असल व्यक्ति भएर आफुलाई चिनाउनु हो र त्यसको प्रयास गर्देछु ।

 

  • मैले  सहयोग चाहिनेलाई  जहिले पनि सहयोग गरेको छु र गर्नेछु । अरु लाई सहयोग गर्दा आफुलाई आत्म सन्तुष्टी  र सम्मान पाएको महसुस  गर्ने गरेको छु र आफु खुशी भएको अनुभव गरेको छु।

 

  • मलाई म बस्ने समाजमा ईज्जत , सम्मान चाहिएको छ र त्यसैले म बाट गलत काम नहोस्  भनि भगवान संग दिनहु प्राथना गर्छु । 

 

  • जिन्दगी  (जिवन) धेरे सानो छ र मरेर मैले  केहि लैजाने  होईन त्यसैले म कसैलाई ठग्ने  र दुख पुग्ने काम गर्दिन र मबाट हुदैन ।

 

  • काम गर्दा कहिले काहीँ  केहि मान्छेहरुले मेरो कुरा काट्दा मलाई एकदमै  दुख लाग्ने गर्दछ र यो कुरा मलाई मन पराउने, मलाई माया गर्ने, ईज्जत (सम्मान) दिने, मलाई हिरो मान्ने र ठान्नेसंग गर्दा उहाहरु भन्नु हुन्छ “अमितजी हजुरले गरेको कन्सल्टेन्सी व्यवसाय  नै  यस्तै  हो । यो व्यवसायमा  कसैको काम भयो भने धन्यवाद पनि भन्दैन न ठगे पनि ठग्यो मात्र भन्छ  । तर केहि गरि नचाहदा नचाहदै काम ढिलो भयो  या भएन भने अब्जस आउछ । 
  • तपाइले  जति राम्रो काम गरे पनि तपाई संग डाहा  गर्ने, तपाईलाई मन नपराउने मान्छेले तपाईको कुरा काट्छ, तपाई लाई सानो, फटाहा देखाउने गर्नेछ । मेरो पनि त्यही भएको हो ।यो कुराको अनुुुभब  मैले बल्ल गरिरहेको छु  र अहिले भईरहेको पनि यहीँ नै  छ ।
  • म पोल्याण्डमा छु, मेरो बारे गुगल्मै हेर्नुस्  सम्पर्क डिटेल्स  पाईन्छ र कसैलाई  पोल्याण्डको बारे केहि जानकारी या केहि सहयोग चाहिए मलाई सम्पर्क गर्न सक्नु हुनेछ । म फरार भएको छैन । 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.