पोल्यान्ड ठगी पकरण :सयौ युबालाइ सुन्दर सपना देखाएर लाखौ ठगेको आरोप

received_780033952389593

कलश खरेल 

वारसवा पोल्यान्ड 

नेपालको पछिल्लो तथ्यांकमा आधारित रहेर विश्लेषण गर्दा हजारौं युबाहरु बेरोजगारको दलदलमा फसेको जहाँ रोजगारीको खोजिमा महत्वपूर्ण समय बर्जित भएको विभिन्न रिपोर्टमा औल्याइएको छ।खासगरी उचित कामको अभाबमा छटपटाएको युबाको एक मात्र गन्तव्य हुन पुग्छ बैदेशिक रोजगारी ।रोजगारिको उत्कृष्ट अभिलाषा एबम सपना बुनेर हिडेका ती निर्दोष हजारौं युबा एजेण्ट र केही मेनपावरको बदनियतपुर्ण जनजालमा फसेको देखिन्छ।जसरी पछिल्लो कडिको रुपमा पोल्यान्ड ठगी पकरण बाहिर आएको छ त्यसको यथेष्ट र कहालीलाग्दो परिदृश्य हो भन्दा अतियुक्ती नहोला।केही महिना अगाडि ललितपुरको ग्वार्कोमा रहेको दृस्मा ओभरसिस प्रालिले पोल्यान्डमा पत्रीकामै बिज्ञापन दिएर पोल्यान्डमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै झन्डै २०० युबाबाट २५०००-देखि ५००,००० लाख सम्म लिएको पिडित युबाहरुको आरोप छ।ठगी स्वरुपलाइ बैधता दिने मन्चन स्वरुप सहकारीमा पैसा जम्मा गर्न लगाएर सरकारी निकाय सामु भ्रमको वकालत गरेको देखिन्छ।नबिल बचत तथा ऋण सहकारी सस्थामा पैसा जम्मा गर्न लगाउने र काम भने मेनपावर मार्फत गराइएको प्रहरिको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको छ।उक्त मेनपावरका मेनेजर अरुण महतो प्रहरी थुनामा छन भने सन्चालक दिपक तामाङ र बिमला तामाङ सम्पर्क बिहिन छन। काभ्रेका एक युबा भन्छन”मैले छ ८ महिना अगाडि पोल्यान्डमा एक लाख तलब हुन्छ काम आकर्षक छ भनिसकेपछि एक लाख पैसा र पासपोर्ट मेनपावरलाई दिए अनि हरेक समय सोध्ने क्रममा आज-भोलि भन्दै ८ महिना बित्यो र अहिले सन्चालकनै भागे। मैले ऋणमा खोजेको पैसा उता पैसा डुब्यो न काम भयो”।यिनी एक प्रतिनिधि पात्र हुन यिनी जस्तै धेरै युबा अनाहकमा पिडित भएको देखिन्छ।यता फरार भनिएका अमित कुमार यादब भने पोल्यान्डमा ब्यबसाय गर्दै आएका छन। जसरी घटना बाहिर आयो त्यो स्वरुपमानै मेरो सम्लग्नता नरहेको यादब बताउछ्न।यधपी घटना श्राबजनिक भैसकेको अबस्थामा यादब पनि कानुनबाट दुर हुने अबस्था छैन।यता ललितपुर प्रहरिले पनि दोषीलाई कानुनबमोजिम हदै सम्म कार्बाही गर्ने जनाएको छ। तसर्थ पिडितलाइ तत्काल पैसा फिर्ता दिएर उनिहरुको आगामी दिशालाइ बन्देज नगर्नुनै फलदायी हुन्छ।ठगिका घटना बाहिर आइरहदा सम्बन्धित बेक्तिले सत्यतथ्य बिषय जानकारी लिएर मात्र रोजगारीको अग्रसर हुनु जरुरी छ अन्यथा कागलाइ बेल पाक्यो हर्ष न बिस्मात हुने जस्तो देखिन्छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.