न्युज 24 मा प्रसारित समाचारले आज पोल्यान्डबारे विभिन्न अनलाइन समाचारहरुले प्रसारित गरेका छन् ।
न्युज 24 अगाडि लेख्छ
हालै मात्र ललितपुरको ग्वार्कोमा रहेको #दृष्मा_ओभरसिज प्रा.लि.ले सयौं युवाहरुलाई युरोपको आकर्षक सपना देखाएर करोडौं ठगी गरिरहेको पाइएको छ ।
दृष्मा ओरसिजका सञ्चालक #दिपक_तामाङ र #बिमला_तामाङ हुन् । उनीहरूले ५ सय भन्दा बढी युवालाई पोल्याण्ड लैजाने भन्दै २५ हजारदेखि ५ लाखसम्म असुल गरेका छन् ।
मेनपावरले वैदेशिक रोजगार सम्बन्धी कारवाहीबाट उम्कन पैसा लिने माध्यम स्वरुप आँफैले सहकारी खोलेर कारोवार गरेका छन् । काम मेनपावारले गर्ने तर पैसा भने नविल बचत तथा ऋण सहकारीमा खाता खोलेर डिपोजिट गर्न लगाएको मा अहिले पीडितहरुको खातामा न पैसा भएको न सहकारी नै खुल्ला भएको अवस्था छ ।
सहकारीमा पैसा जम्मा गर्न लगाएर विदेश पठाइदिने भन्दै २ सय बढीले उजुरी गरेपछि प्रहरीले अनुशन्धान गरिरहेको ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।
मेनपावर सञ्चालकले पत्रिकामा सुचना प्रकाशन गरेर रोजगारीको आश देखाउँथे भने गाँउ–गाँउ एजेन्टहरु पठाएर कामदार भिषामा ५ लाखमा पोल्याण्ड लगिदिने भन्दै मान्छे खोज्ने गर्थे ।
कार्यालयमा भने हाल पोल्याण्डमा नै बस्दै आएका #अमित_कुमार_यादवले अन्तरवार्ता लिने गरेको पाइएको छ।
मेनपावरका मेनजर #अरुण_महतो लाई ललितपुर प्रहरी हिरासतमा राखिएको छ । मेनपावर सञ्चालक दिपक तामाङ र बिमला तामाङ तथा अमित कुमार यादव #फरार रहेका छन् ।
पछिल्लो सयम जुनकुनै भिषामा भएपनि युरोप छिर्ने वहानामा सयौं नेपाली युवाहरु मेनपवारबाट यसरी नै ठगीइरहेका छन् ।
त्यसैगरी पोल्यान्डबारे फेसबुक पेजमार्फत जानकारी दिदै आएको नमस्ते पोल्यान्डले अगाडि लेखेको छ ।
“पोल्यान्डका विभिन्न कर्मचारी हरु समायोजन गरिदिने एजेन्सीमा काम गर्ने नेपाली कामदार र पोल्याण्डमा काम गरिरहेका नेपालीहरुले त्यस्तो एजेन्सी मार्फत वर्क परमिट निकालेर नेपाल मा मेनपावर संग मिलेमतो गरेर लाखौं रकम कुम्ल्याउने गरेको समेत विशेष शुत्र बाट पत्ता लागेको छ । तर त्यस्ता पोल्याण्डमा काम गर्ने र नेपालको मेनपावर मार्फत पैसा खाने दलालहरुलाई पनि अब निगरानीमा राखिने बताइएको छ ।
साथै पोल्याण्डमा वर्क परमिट निकालिदिने भनेर नेपाली मार्फत नेपालीलाई नै ठगी गर्न उक्साउने र सुरुमा केहि रकम लिएर कम्पनी नै बन्द गर्ने संस्था पनि बढ्दै गरेको पाइएको छ । हालै मात्र त्यसरी नेपालीहरुसँग जग्गा बैना गरेर अर्को लाई फेरि बैना गर्ने शैलीमा रकम हुत्याउन खोज्ने ससाना केही दलालहरुलाई पहिचान गरिएको तर पीडित लाई रकम फिर्ता गर्ने बाचा गरेकाले पीडितले उजुरी दिन नमान्दा त्यस्ता दलालहरुलाई कारवाही गर्न केही असजिलो भएको बताइएको छ । तर चाँडै नै त्यस्ता दलाल हरुले रकम फिर्ता नगर्ने उजुरी गर्ने पीडित मध्यका एकले नाम नबताउने सर्तमा नमस्ते पोल्याण्डलाई बताए ।
श्रोत : निउज 24,
नमस्ते पोल्यान्ड