जय पानी अभियान

FB_IMG_1551222181140

जय पानी अभियान !! 
——————
कोकाकुल छ बस्ती
जमिन बन्जड छ,
जहाँ स्वफुर्त मनहरु
कोदाली लिएर निस्किएका छन्
पानीका मूल खोतल्दै
धेरै बगे रगत देशमा
पानी बगेनन्
धेरै सरकार फेरिए तर
सुनपुर फेरिएन
जाल झेल तिकडमका कुवा खनिए
परन्तु कुवा खनिएनन्
काकाकुल रह्यो बस्ती
सोकाकुल रह्यो बस्ती
साउनमा समेत गराहरु चर्किए
तर फर्किएनन् जन प्रतिनिधिहरु
न कहिल्यै घैलाहरु भरिए
न कतै भिजे गलाहरु
पानीको अभाबमा बस्ती आक्रान्त रह्यो
हो त्यसैले त
जाग्दैछ अभियान
करोड पानी अभियानको
बोकेर नारा
हर आङगनमा धारो
हर खेतमा शिन्चाई
न राजनीति नारा
न कुनै रङको झन्डा
स्वच्छ मनका धनीहरु
हातेमालोमा जुट्दैछन्
र त त्यसैले
आज एक युवा “पार्दे”
प्याशिहरुको “मित्र”बन्दै
निस्कनु भएको छ
अभियानको झण्डा बोकेर
आऔं हातमा हात दिउँ
साथमा साथ दिउँ !!
चाहना नारा बनेको छ
नारा अभियान यहाँ
हरियाली फाटहरुको अभिलाषा
थोपा थोपा नदीका अभिलाषा
आज म उठ्दैछु
भोली हजुर जुट्नुहुनेछ
पर्सी वहाँ
एक दिन देश उठ्नेछ
मरुध्यानमा त स्याउ फल्छ भने
हिमालयको देशमा
के फल्दैन र ?
सोच्नुस, जाग्नुस र जगाउनुस्
यो सुरुवात हो !
—–
श्रीभक्त पौडेल “आफन्त”
रामपुर चितवन / स्पेन

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.