कविता
मलामीहरु
-हिमाेढ पहाडी
प्रभु जनअान्दाेलनमा-२ मा
जतिबेला तपाईं
पञ्चायती शासनकाे नजरबन्दमा हुनुहुन्थ्यो
म पनि सडकमा थिएँ
सम्पूर्ण स्रष्टाहरुकाे हुलमा थिएँ
त्यतिबेला सत्ता प्राप्ति मेराे गन्तव्य थिएन
मेराे कलमले निरंकुशता बिरुद्ध
नागरिक स्वतन्त्रताको पक्षमा
अागाे अाेकलिरहेकाे थियाे
मेराे कलम नाफा कमाउने साधन हुँदै हाेइन
तपाईं मान्नुस् वा नमान्नुस्
मेराे कलम स्वतन्त्रताको प्रतीक हाे ।
ख्वामित तपाईं ढुक्क हुनुहाेस्
अचेल तपाईंको सत्तामा
मेराे कलमले स्वतन्त्रताको गीत लेख्ने छैन
जनता सार्वभौम छ भनेर बुझाउने छैन
तपाईंले दिएका लुटका श्रृङखलाबद्द छुटहरुमा
कुनै गुनासाे गर्ने छैन
किनकि जनअान्दाेलन-२ प्रतिकाे मेराे निष्ठा
अनि सम्पूर्ण स्रष्टाका प्रयासहरु
ब्रेनवास गरेर मारिसकेकाे छु ।
प्रभु मलाई देश र जनताले
गद्द्दार भनुन् मैले वास्ता गर्न छाेडिसकेकाे छु
तपाईंकाे भक्ति र स्तुतिगानले
अचेल अानन्दले भाव विभाेर हुन्छु
म केवल नागरिक हुँ
अचेल अाफूलाई तपाईंको
प्यादा बनाउन प्रयासरत छु
तपाईंका विरुद्धमा उठ्ने अावाजहरु
निमाेठ्न मन लाग्छ
किनकि ख्वामित अाफूलाई तपाईंको
गुलाम भन्न मन लाग्छ ।
चाहे देशमा अरु निर्मला दिनदहाडै बलात्कृत हाेउन
अथवा राजनारायणहरुले देश लुटि रहून्
अनि पुनर्वासमा गाैतमहरु
देशकाे सिमाना बचाउँदा ढलिरहून
म माैनता साँधिरहन्छु
गुलाम हुनुकाे कर्तव्य निर्वाह गरिरहन्छु ।
ख्वामित तपाईं अादेश दिनुस्
म फेरि लाेकतन्त्रकाे वैशाखी बन्ने छैन्
मृत सुशासनमा प्राण भर्ने छैन
राज्यकाेषमा ब्रम्हलुट गर्नेहरुका विरुद्धमा
अावाज उठाउनेहरुका विरुद्ध
भष्मासुरकाे अाफ्नाे असली रुप देखाउने छु ।
तपाईंको अादेशमा सगर्व
लाेकतन्त्रकाे चिर हरण गर्ने साहस छ
तपाईं ढुक्क हुनुस्
नागरिक स्वतन्त्रताको
चिहान खन्नेछु ।
किनकि तपाईं सत्तामा रहन्जेल
कुनै माइका लालहरुले
शितल निवास र सिंहदरबारमा अाँखा गाडे भने
राैद्र रुप देखाउने छु ।
ख्वामित पशुपति शर्माहरुले
“लुट कान्छा लुट”का गीत गाइरहँदा
मैले लाेकतन्त्र र नागरिक स्वतन्त्रताको
घाँटी निमाेठेर हत्या गर्दै थिएँ
त्यसैले अहिले त्यसकाे लाश बाेकेर
हामी मलामी बन्दै
अार्यघाट तर्फ बढिरहेका छाैँ
तपाईं शुभ साइत निकालेर
अगाडि बढ्नु हाेस्
किनभने त्याे लाशमा
तपाईंले दागबत्ती दिनुछ ।