टिपेर ल्याँए रातो गुलाव प्रेमको ।
लिएर आँए पैलो प्रस्ताव प्रेमको ।
कति बसुँ वारीपारी आँखा जुधारै,
हरदम तिमी तिरै लगाव प्रेमको ।
मनमा डर चिन्ता साहस जुटाएर,
के दिन्छौ मायालु जवाव प्रेमको ।
लाग्दैछ मात तिम्रै तनमन भरी,
अझै चढाई देऊ सराव प्रेमको ।
तिमी नभए लाग्छ जीवन अपुरो,
गरीदेऊ पुरा अब अभाव प्रेमको ।
एस डी अर्पण