नकारात्मक कंपन फैलाउन बन्द गरम

uday raj

नमस्कार,

मेरो सोच मेरो विचार तपाई संग मेल नखान सक्छ, मेरो तरिका पनि ठिक नलाग्न सक्छ, मैले हेर्ने तरिका र तपाइको हेर्ने तरिकामा फरक हुन सक्छ, मैले हिड्ने र तपाइले हिड्ने बाटो पनि नमिल्न सक्छ तर तपाइले पनि देश को विकास होस् भन्ने सोच्नु हुन्छ अनि पनि पनि तेही सोच्छु जुन कुरा तपाइको र मेरो समान सोच हो ।

आझ जुन बिकास को तरिका धुर्मुस सुन्तलीले  रोजेका छन्, कतिलाई यो कुरा चित्त बुझेन। हुन त एउटा सोच हो, बुझ्दैन ठिक छ तर त्यो भन्दैमा यसको बिरोधहरु भै रहेको छ त्यो जतिको मुर्खता भने मैले देखिन। तपाइलाई देसको धेरै चिन्ता लागेको रहेछ खुसि लाग्यो  । हो नेपालमा खाने पानी कति ठाउँमा छैन, स्वस्थेय चौकी छैन, पढ्न लाइ बिध्यालय छैन, खेति गर्न लाइ सिचाई छैन, व्यापार गर्ने लाइ राम्रो  सुरक्षा छैन, कति ठाउमा राम्रो बाटो छैन, जनतले सधै सरकारी कार्यालयमा दुख पाही रहेका छन्,भ्रस्टाचार हरेक पाइला-पाइलामा छ, जनातालाई यातायातमा सधैनै समस्या छ। हो यस्ता-यस्ता समस्याहरु हाम्रो देशमा थियो, छ र थाहा छैन कहिले सम्म रही रहन्छ।
हुन त हम्म्रो देसमा काममा भन्दा गफमा मात्र सिमित हुन्छ। नेता मात्र हैन जनताहरु पनि चोक-चोक, गल्लि- गल्लि-अनि हरेक टोल र गाउको पसल-पसलमा चियाको चुस्की लगाउदै गफ पिट्नमै बेस्त हुन्छन। सधै भरि सरकारलाई गाली गर्ने जनताहरु यो किन बुझ्दैनन् कि त्यो नेता भनेको आफ्नै दर्पन्छाया न हुन् किनकि उनीहरुले नै रोजेर जिताएका हुन्। हामीमा काममा भन्दा सल्लाह सुझाब दिन मा बेस्त हुन्छौ । हामी जस्तो विद्वानहरु अरु कहिँ होलान त ? 
अब हामीले सुझाब सल्लाह दिने भन्दा पनि काम गर्ने मान्छे लाइ साथ दिन तिर पो लाग्ने हो कि?, समाजमा काम गर्ने मान्छेहरुलाई साथ् दिन मा चाही आफ्नो समय खेर फाल्ने कि?, तपाइलाई चित्त बुझ्दैन भने आलोचना गर्न छाडेर आफ्नै परियोजना बनाएर समाजमा योगदान दिने कि?, अथवा आफ्नो चित्त बुझेको परियोजना मा आर्थिक सहयेता गर्ने कि?
रंगशाला नै किन?
माथि भनेझै हाम्रो समाजमा भौतिक अबसेकताका कुरा हरु धेरै नै गर्नु पर्ने छन् र नेता, सरकारले मात्र हैन हामी समाजमा भएका सबै जनताहरुको उत्तरदायित्व हो। अहिले को परिस्थिति सम्म आइपुग्दा सम्म पनि तेही सरकारको मुख हेरेर बस्ने इस्तिती भने छैन। हो, हामीले बारम्बार सरकारलाइ दबाब भने दिन छाड्न हुदैन तर देस विकास सरकारले नै गर्छ भनेर चुपलागेर बस्न पनि हुदैन। अब नेता भन्दा पनि धुर्मुस सुन्तली जस्ता मान्छेहरु बढ्दै जानु पर्छ जसले समाजमा केहि परिबर्तन लेराउने साहास गरोस। तेस्तो साहास र योगदानको लागि हामी बिदेसी भुमिमा दुख गरेर बसेकाहरुले साथ् दिदै जानेछौ।
अहिलेलाई भने रंगसलालाई पूर्ण रुपमा साथ् छ हाम्रो किनकि अहिले जति पनि देसको नाम आइरहेको छ त्यो छोटो अबधिमा हामीले क्रिकेटमा गरेको उपलब्धिले गर्दा आइ रहेको छ। जुन खेलाडीहरुले संसारलाई देस चिनाउदै छन् उनीहरुकै लागि राम्रो खेल्ने ठाउ छैन भने त्यो भन्दा लज्जास्पद कुरा के होला। तेसैले अहिलेलाई हामीले यो राम्रो कामको लागि बिरोध गर्न छाडेर सबै मिलि साथ् दिम  र यो कार्यको लागि हतोत्साही गर्ने काम बिल्कुलै नगरम र नकारात्मक कंपन फैलाउन बन्द गरम  धन्यवाद.

– उदय राज गिरि 

POLAND

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.