निरज खरेल पोर्चुगल
अहिले को समयमा सबैभन्दा पहिलो आवस्यकता First needed भनेकै खाना/काम/घर नै हो, त्यसको लागि चाहिने महत्त्वपूर्ण कुरा भाषा,सीप,र लिगल डकुमेन्ट!
हामीले संघ संस्था का दायित्व का बारेमा लेख्यौ तपाईं हरुले पढ्दै गर्दा यो नसोच्नु होला कि संघ संस्था मात्रै यसमा दोषी छन्, हाम्रो उदेश्य तपाईं हरुलाइ जागरुक बनाउनु हो कुनैपनी संघ संस्था वा ब्याक्ती लाई दोषी देखाउनु कदापी हैन,, हो संघ संस्था को सामाजिक हितमा ठूलो भुमिका हुन्छ र गरेका पनि छन् कहि कतै त्यसमा कमजोर नेतृत्व, दुरगामी सोच भिजन नभएर अथवा अन्य कारणले प्रभावकारी भएनन् होला , तर तपाईं हामिमा पनि केही गरौ सिकौ भन्ने भावना हुनपर्छ, हाम्रो उदेश्य तपाईं हरु फलाना ले गरिदिइहाल्छ नि भनेर परनिर्भरता नहुनु भन्ने हो, तपाईं सक्षम बन्नुस , ABCD संस्था,, रामे,श्यामे, हरि, भुन्टे, ग्रुप,, खरेल, भट्टराई, राउटे, शेर्पा, तामाङ भन्ने ब्याक्ती कोहि पनि चाहिदैन,, हामी बारम्बार लेखिरहेका हुन्छौं कारण तपाईं हरु आफू आफैमा सक्षम हुनुहोस्, थोरैमात्र लजिक लगाउनुहोस, यहाँ कसैको सिफारिस चल्दैन, अनुहार हेरेर कसैले रोजगार दिदैनन, त्यसकारण भाषा सिक्नुस, सीप सिक्नुस परनिर्भर नहुनुस, TikTok बनाएर नबस्नुस internet को सदुपयोग गर्नुस् , अनाउन्स्मेन्ट हुन्छ नम्बर त्यही लेखिएको हुन्छ कमेन्ट मा “Number please” ,, कम्पनीको नाम हुन्छ एड्रेस हुन्छ हातमा मोबाइ मा ईन्टरनेट GPS मा एड्रेस राखेर सम्बन्धित कम्पनी मा गएर
आफ्नो CV drop गर्दा पनि हुन्छ…फोन नम्बर नै किन चाहियो? फोन गर्दा उताबाट “ल हजुर काम रेडि छ गर्न आइहाल्नुस भन्दैनन CV हेरेर अपोइन्ट्मेन्ट मा बोलाउने हो,, कि Real हो होइन भनेर चेक गर्न चाहिने नम्बर? हामीले गरेको काम हरु मा संका छ भने 🙏गरेर भन्छु हामी सङ्ग ब्याबहार नगर्नुस्,, कस्तो सम्म छौ हामी सबै कुरा अरुले गरिदिन्छ्न भनेर यत्ती सम्म भर पनि नपरौ खाना पस्केर थालमा हालिदिएर मुख सम्म गाँस ल्याइपुर्याउछ्न भन्ने सोच्छौ, यो परदेश हो सर/म्याडम यहाँ सबैको आ-आफ्नै काम अनि दैनिकी जीवन हुन्छ १२ घन्टा साहुको काम गरेर आधा सुतेर आधा खाएर अनि आधा नुहाएर हामीले बाकी को अलिकति समय निकालेर समुदाय को लागि केही गर्न सकिन्छ कि भनेर सहयोग गरेको हो जिम्मेवारी लिएको हैन, यति भन्दै गर्दा नसक्ने ले किन गर्ने त? भन्नुहोला,, दायित्व हाम्रो मात्र हैन हजुर यसमा सबै को उत्तिकै जिम्मेवारी छ, तपाईं हरुले जबसम्म बोल्नुहुन्न, तदारुकता देखाउनुहुन्न, तपाईंको अनुहार पढेर भविष्य तय गर्ने astrological person हैनौ हामी !!
Source: सहयोगी नेपाली मन पोर्चुगल फेसबुक पेज