हालै मात्र विभिन्न मिडिया कार्यरत पत्रकार सम्मिलित गठन भएको नेपाल पत्रकार समिती पोल्यान्डले सस्थालाइ कार्य सम्पादनमा प्रभावकारी बनाउने उद्देश्य मुताबिक थप एक उपाध्यक्षमा सदस्य झकेन्द्र सापकोटालाई चयन गरेको छ भने सदस्यहरूमा कृष्ण भण्डारी(योगि) र नबराज शर्मालाई चयन गर्दै सदस्य संख्या बिस्तार गरेको छ। पोल्यान्डमा घटित घटनाक्रमलाइ सत्यतथ्यरुपमा उजागर गर्ने अभियानमा पत्रकार समितिलाई सरिक गराउन नब उपाध्यक्ष सापकोटा एबम सदस्यहरुले बिशेष भुमिका निर्बाह गर्नेमा अध्यक्ष कलश खरेलले बिश्वास बेक्त गरे।पोल्यान्डको वार्सामा बसेको समितिको बैठकले सस्थाको अभियानलाई आर्थिक सहयोगद्वारा सारत्व प्रदान गर्ने विभिन्न संघ-सस्था एबम बेक्तिलाइ आगामी कार्यक्रमा कदर पत्र द्वारा बिशेष सम्मान गर्ने निणय समेत गरेको छ।