कलश खरेल वारसवा पोल्यान्ड
पछिल्लो समय पोल्यान्डमा नेपाली जनसमुदायको सख्याको अनुपात बिगतको तुलनामा सापेक्षरुपमा वृद्धि हुँदै गइरहेको छ।संख्यामा वृद्धि सङ्गै विभिन्न पेशा र क्षेत्रसङ्ग निकट रहेर संघ-सस्थाको गठन प्रकृयालेपनि तीव्रता पाएको छ जुन नेपाली समुदायबिचमा सकृयताको बियो स्थापित हुँदै गएको छ।यस्तै परिपेक्षमा पछिल्लो कडिको रुपमा नेपाली ब्यबसायी संघ पोल्यान्ड गठन भएको छ।पोल्यान्डको वारसवामा विभिन्न क्षेत्रबाट उपस्थित ब्यबसायिको एक भेलाले उर्जाशिल युबा ब्यबसायी आनन्द घिमिरेको नेतृत्वमा एघार सदस्यीय तदर्थ समिती गठन गरिएको छ जसको महासचिवमा ब्यबसायी अमित कुमार यादब,सचिबमा युबा ब्यबसायी बिनोद आचार्य रहेका छन भने पोल्यान्डमा अन्य पेशा गरि उक्त व्यवसायीहरुको साझा संगठनमा पछि सल्लाहकार संरक्षक सदस्यहरु सबै छनौट गरेर उक्त संस्थामा अटाउने गरी सदस्यहरुमा होमनाथ सापकोटा,टंक कटुवाल,रामचन्द्र न्यौपाने ,मित्रलाल पार्दे पिताम्बर खरेल,झकेन्द्र सापकोटा ,गणेश थापा,अक्षय रिजाल रहेका छन् ।खासगरी नबगठित संघका अध्यक्ष घिमिरेले पुर्णरुपमा ब्यबसायी बिचमा एकता,सद्भाव एबम सदाचार कायम गरि सदैब ब्यबसायीकै हक-हितमा तल्लिन हुने सस्थाको दुरगामी ध्येय रहेको बताए।
शुभकामना मन्तब्य दिदै पानीअभियान कर्ता एबम अन्तरास्ट्रिय नेपाली कलाकार समाजका उपाध्यक्ष मित्रलाल पार्देले पोल्यान्डमा नेपाली ब्यबसायी एकतृत भएर संघ गठन हुनु सम्पुर्ण ब्यबसायिको निम्ति गर्बको बिषय भएको र आगामी दिनमा ब्यबसाय क्षेत्रमा आउने नब -ब्यबासायीलाई प्रेरणाको केन्द्र बन्नेतर्फ संघ अग्रसर हुनु पर्ने धारणा राखेका थिए।यसैगरी नेपाल पत्रकार समित पोल्यान्डका अध्यक्ष कलश खरेलले व्यावसायीबिचमा स्वच्छ प्रतिस्पर्धा एबम सहकार्यको भावना बुलन्द गर्न संघ कटिबद्ध रहनेमा बिश्वास व्यक्त गरे।उक्त अबसरमा गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारीले ब्यबसायी संघ गठन हुनु उत्साहजनक बिषय हुँदै गर्दा नेपालीपना सङ्ग जोडिएका खाना एबम परिकारको प्रबर्द्धन र सम्बर्द्धनमा संघले कुनै कसर बाकी राख्न नहुने बताए।यसैगरी प्रबासी एकता मन्चका सम्योजक टंक कटुवाल,पत्रकार समिति पोल्यान्डका सचिब शुसन परियार, सह-सचिब नुमानाथ न्यौपाने एबम सदस्य ऋषि तिवारी साथै सहभागी नवराज शर्मा लगायतले नबगठित संघलाई शुभकामना दिएका थिए।
स्मरण रहोस उक्त व्यवसायी सघको बिधान तय गर्नको निमित्त मित्र लाल पार्देको सम्योजकत्वमा एक समिती निर्माण गरिएको छ।