एस.डी. अर्पण
०४ फेब्रुअरी, वार्सावा । नेपाली क्रिकेट टोलीले यूएई विरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा जित हासिल गरेको छ । यस अघि यूएईसँग नै उसकै घरेलु मैदानमा नेपालले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला पहिलो पटक जितेको थियो भने, ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि जितेसँगै एकै चोटी दुईवटा शृङ्खला जितेर सोमवार घर फर्कदैँ छ।तीन खेलको शृङ्खलाअन्तर्गत तेस्रो तथा निर्णायक खेलमा आइतबार १४ रनको जितसँगै चनेपालले २-१ ले जितेर शृङ्खला आफ्नो पक्षमा पारेको हो । नेपालले पहिलो खेलमा बिहीबार २१ रनले हारे पनि दोस्रो खेल भने ४ विकेटले जितेको थियो।
दुवईस्थित आईसीसी एकेडेमी ओभलमा वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो। कप्तान पारस खड्काको २९ र डेब्यू शृङ्खला खेलेका सन्दीप जोराको २८ रनको सहयोगमा नेपालले ८ विकेट गुमाएर १ सय ४ रनको सम्मानजनक योगफल बनाएको थियो।
ओपनर पवन सर्राफ खाता नखोली शुन्यमा आउट भएपछि नेपालले तेस्रो खेलमा पनि राम्रो सुरुआत गर्न सकेको थिएन। कप्तान पारसले पारी सम्हाल्दै १४ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्बाधिक २९ रन बनाए। त्यस्तै पाँचौं विकेटकीपर लागि सन्दीप जोरा र विनोद भण्डारीले ३७ रनको साझेदारी गर्दै नेपाललाई राम्रो स्थितिमा पुर्याए । सम्मानजनक योगफल बनाएको हो। जहाँ जोराले ११ बल खेल्दै ३ छक्कासहित २८ रन बनाउँदा विनोदले १३ बलमा २ चौका र १ छक्काको मद्दतले २१ रन जोडे। करण केसीले पनि १० रन बनाए। यूएईका मोहम्मद नभिद र अमिर हायतले २/२ विकेट लिए।
जवाफमा उत्रिएको यूएईले १ सय ५ रनको लक्ष्य नभेट्दै १० ओभरमा ८ विकेट गुमाएर ९० रनमात्र बनाउन सक्यो। करण केसी अभिनाश बोहोरा र ललितनारायण राजवंशीले २/२ विकेट लिएसँगै यूएईको इनिङ धराशायी बन्यो। उसका घुलामा शब्बरले १५ बलमा २५, साइमन अनवारले २० बलमा ३० र मोहम्मद बोताले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्।