रापती समाज काठमाडौंले नयाँ सल्लाहकार समितिमा पोल्यान्डबाट मित्रलाल पार्देलाई सल्लाहकार समितिमा चयन गरेको छ । रापती समाज काठमाडौका नव निर्वाचित अध्यक्ष प्रवीण कुमार रेग्मीको अध्यक्षतामा आज काठमाडौंमा बसेको बैठकले सो समिति गठन गरेको हो । समितीमा सस्थापक सल्लाहकार डा.भीमार्जुन आचार्य ,माननीय कोमल ओली, लक्ष्मण गौतमका साथै सस्थापक अध्यक्ष मित्रलाल पार्दे, एवं पूर्व अध्यक्षहरु गोपाल बस्नेत, सन्तोष श्रेष्ठ , एकराज आचार्य र निवर्तमान अध्यक्ष शशि शर्मा मजगैंया रहनुभएको छ ।
त्यसैगरी समिती मै प्रा.डा गोविन्दराज पोख्रेल, डा.प्रकाशराज न्यौपाने ,बलिभद्र राना,घनश्याम पाण्डे, किरण किशोर घिमिरे, मान बहादुर बुढामगर, रमेश सुवेदी,चन्द्र शर्मा रहनुभएको छ । समाजले रिक्त सदस्यको पदपूर्ति पनि गरेको छ जसमा रुकुमका अरुणकुमार शाह र रोल्पाबाट प्रतिनिधित्व गर्दै लक्ष्मी आचार्य श्रेष्ठ रहनुभएको छ ।
यसैबीच समाजले विभिन्न सामाजिक कार्यका लागि राप्ती कल्याणकारी कोषको स्थापना समेत गरि सक्रिय रहने निर्णय समेत गरेकाले सम्वन्धीत सबैलाई कोषको श्रीवृद्दीका लागि सहयोग गरिदिनुहुन अनुरोध समेत समाजले गरेको छ ।
स्मरण रहोस् रापती समाज काठमाडौ पोल्यान्ड निवासी मित्र लाल पार्देको अध्यक्षतामा २०६३ मा काठमाडौमा स्थापित भएको थियो र उक्त संस्थाले निरन्तर रुपमा आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको छ ।