एस.डी अर्पण
१ फेब्रुअरी, वार्सावा । प्रतिभावान बालगायक प्रिन्स सिलवालले ‘न मानामा नापिन्छ मायाको’ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । केही समय अघि वडा दशैँको ‘दशै मनाउने हो, नाच्दै रमाउने हो’ बोलको गीतले राम्रै चर्चा बटुलेपछि सबैको नजरमा परेका चितवनका ११ वर्षीय गायकको यो दास्रो म्यूज़िक भिडियो हो । उनको नयाँ गीतमा शब्द रचना बसन्त वित्यासी थापाले गरेका हुन् भने, अशोक लोहारुङ राईले संगीतबद्द गरेका छन् । त्यसैगरी म्यूज़िक भिडियोको नृत्य निर्देशन कृष्ण रसालले र छायांकन चक्र महर्जनले गरेका हुन् ।
नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको रमणीय स्थल सौराहामा छायांकन गरिएको भिडियोमा स्वयम् प्रिन्सले मोडलिङ्ग गरेको भिडियोमा मौलिक पोषाकमा सजिएका स्थानीय थारु युवतीहरुको कोरस नृत्यले अझै आकर्षक बनाएको छ । गीतमा प्रिन्ससँगै किशोरी निशा पाण्डे र जेनी धमला फिचरिङ रहेको छ ।
गोल्डेन होराइजन एकेडेमी काठमाडौमा कक्षा ५ मा अध्ययनरत प्रिन्सले म्यूज़िक भिडियो सार्वजनिक कार्यक्रममा गीतबाट दर्शकहरुको साथ पाउने आशा गरिएको बताए र आगामी आफुले अझै राम्रो राम्रो गीत तथा म्यूज़िक भिडियो बनाउँदै जाने साथै निकट भविष्यमै एल्बम पनि तयार गर्ने बताए । त्यस्तै म्युजिक भिडियोका निर्देशक सञ्जय पाण्डेले प्रिन्सको प्रस्तुति उत्कृष्ट रहेकाले भविष्य उज्वल रहेको प्रतिक्रिया दिए । भकारी एमडिसीको प्रस्तुत गरेको म्यूजिक भिडियोलाई ‘वेष्ट टोन म्यूजिक’ले युट्यूवमा सार्वजनिक गरेको छ ।