एस.डी अर्पण
२९ जनवरी, वार्सावा ।
गत वर्ष चैतमा मात्रै एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेट टोलीले ऐतिहासिक सफलता दिलाउँदै देशको शीर उँचो पारेका छ । युएईमा सम्पन्न तीन एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले युएई बिरुद्द ४ विकेटको फराकिलो जीत दर्ता गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।
पहिलो खेलमा ३ विकेटको हार व्यहोरेको नेपालले दोस्रो खेलमा ब्याटिंग र बलिगं दुबैमा सुधार गर्दै युएई माथी १४५ रनको फराकिलो जीत हात पारेको थियो ।सोही खेलबाट युवा खेलाडी रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रीय क्रिकेटमा सबै भन्दा कम उमेरमा अर्ध शतक बनाउने विश्व कीर्तिमान बनाए । उनले ५८ बलको सामना गर्दै ५५ रनको महत्वपूर्ण योगदान गरे । पौडेलले किर्तिमीनी रन बनाउँदा उनको उमेर १६ वर्ष १४५ दिन पुगेको थियो । उनले यसअघि भारतीय क्रिकेटर मास्टर ब्लास्टर सचिन तेन्दुलकरको नाममा रहेको रेकर्ड तोडेका हुन् ।
युएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । ओपनर विनोद भण्डारी ९ रनमा आउट भएपछि तेस्रो ब्याट्सम्यानको रुपमा आएका कप्तान पारस खड्काले दोस्रो विकेटकीपर लागि उपकप्तान ज्ञानेन्द्र मल्लसँग ६२ रनको साझेदारी गर्दै ९६ बलमा शतक प्रहार गरे । पारसले १०९ बलमा १५ चौका र १ छक्काको मद्दतले ११५ रन जोडेर पेवेलियन फर्किए । त्यस्तै उपकप्तान मल्लले ३५ बलमा ३१, सन्दीप जोराले २० बलमा १९ र रोहितकुमार पौडेलले २४ बलमा १६ रनको योगदान गरे भने आरिफ़ सेख २१ र सामपाल कामीले २६ रनमा अविजित रहँदै टिमलाई जिताए ।
यसअघि दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिगं रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो। कमजोर सुरुआत गरे पनि युएईका मध्यक्रमका ब्याट्सम्यानले इनिङ उकासेका थिए। युएईले सुरुआती पावर प्लेको १० ओभरमा जम्मा १४ रन जोड्दा दुई विकेट गुमाएको थियो। उसका ओपनरहरु अस्फाक अहमदलाई सोमपाल कामी र चिराग सुरीलाई करण केसीले खाता खोल्नै नदिई शुन्यमै आउट गरे।
युएईको घुलाम सब्बरले १८ र मुहम्मद उस्मानले २६ रन बनाएर आउट हुँदा उसले २०.२ ओभरमा जम्मा ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो। तर, चुन्दनगापोयिल र साइमन अनवारले पाँचौं विकेटका लागि १ सय रनको साझेदारी गरे। ४१.२ ओभरमा रिज्वन ४५ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका मोहम्मख बोतासँग मिलेर अन्वारले छैटौं विकेटका लागि ८० रनको राम्रो साझेदारी गर्दै सम्मानजनक स्कोर बनायो।
नेपाली कप्तान पारस खड्काको बलमा उपकप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याचआउट हुनुअघि अन्वारले ७० बलमा ९ चौका र २ छक्काका साथ ८७ रनको उत्कृष्ट इनिङ खेले। बोता ३१ बलमा ५९ रनमा अविजित रहे। कप्तान मोहम्मद नाभिदले पनि अविजित ११ रन बनाए।बलिङतर्फ कप्तान पारस र करण केसीले २–२ विकेट लिए। सोमपाल कामी र सन्दिप लामिछानेले १–१ विकेट लिए।
यसअघि नेपालले पहिलो एकदिवसीय सिरिज भने नेदरल्याणडसँग १-१ को बराबरीमा चित्त बुझाउन विवश नेपाली टोलीले बलियों आत्मविश्वासका साथ अघि बढ्दै अन्तत दोस्रो सिरिजमा ऐतिहासिक सफलता हात पार्यो । त्यसैगरी कप्तान पारस खड्काले अन्तिम खेलमा सतक प्रहार गर्दै एकदिवसीय अन्तर्राष्ट्रीय क्रिकेटमा सतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । सुरुवात देखि नै राम्रो कप्तानीको भूमिका निभाउँदै आएका खड्का प्लेयर अफ द म्याचका साथै प्लेयर अफ सिरिज घोषित भएका छन् । उनले तीन खेलमा सर्वाधिक १५६ रन जोडेका हुन् । उनले पहिलो खेलमा २०, दोस्रोमा २१ तथा तेस्रो खेलमा ११५ रनको योगदान गरेका थिए। नेपालको यो जीतसँगै देशमा खुसीको बाहार छाउनुको साथै विश्वभरीबाट सामान्य नागरिक देखि उच्च पदस्थ व्यक्तित्वहरुबाट बधाई तथा आगामी दिनको लागि सफलताको शुभकामनाको ओईरो लागेको छ । यसपछि फेरी युएईसँगै नेपालले २०/२० सिरिजको तीन खेल खेल्नेछ ।