पृष्ठभुमिमा सामिप्य भएर नेपालीहरुको वैदेशिक यात्रालाइ आलेखमा विश्लेषण गर्दा अधिक नेपाली बिदेशी भुमिमा मनग्य आर्थिक सन्चयमार्फत घर-परिबार आर्थिकरुपमा सुदृढ र सबल बनाउने सन्कल्प सहित खाडी मुलुक,युरोपियन रास्ट्र लगायतका विभिन्न देशमा पुगेको पाइन्छ।आम नेपाली जस्तै बैदेशिक यात्रा गर्ने मध्ये एक पात्र थिए होमनाथ सापकोटा।झन्डै २० बर्ष अगाडि युरोपियन रास्ट्र पोल्यान्डमा युगिन सपना अनुबन्ध गरेर प्रथमतः पाइला टेकेका थिए।एक किचन सेफको रुपमा पोल्यान्डमा प्रबेश गरेका सापकोटा सुरुवाती चरण देखिनै अन्य होटलमा सामान्य कामदारको दर्जामै कार्यसम्पादनमा सामेल भए।बिबशता र बाध्यता आम मानिसका परिस्थितिजन्य प्रारुप हुन् जुन परिवेशबाट तत्कालीन अबस्थामा सापकोटा पनि दुर हुन सक्ने अबस्था थिएन।जतिखेर उनी अन्य साहुको होटलमा घण्टौ काम गरे जहाँ खान समेत बसेर हैन उठेर खाना खादै अडर अनुसार दर्जनौ परिकार तयार गर्न तल्लिन हुन्थे।अथाह परिश्रम र मेहनत गरिरहदा पनि स्वतन्त्रताको कुनै आभास हुन पुगेन किनकी हरेक समय दबाबको तिब्र छडीबाट कार्य सम्पादन गर्नु पर्ने बाध्यता उनका अगाडि बिराजमान थियो।बिस्तारै उनको मनमा ब्यबसायिक चिन्तन मुखारित हुन थाल्यो किनकी घन्टौ कामदारको मेहनतबाट अन्य साहु वा मालिक मनग्य आर्थिक लाभद्वारा बिभुषित भैइरहेका उनले पर्दामा दृश्यावलोकन गरिरहेका हुन्थे।उहीँ मेहनत,उहीँ परिश्रम ,लगाब,चिन्तशिलता आफ्नै स्वामित्वमा किन रूपान्तरण नगर्ने भन्ने दुरदृस्टी राखेर सापकोटाले आफनै लगानिमा आठ बर्ष अगाडि देशकै चिनारी बुलन्द गर्ने सगरमाथा नामलाई प्राथमिकता राख्दै सगरमाथा नेपाल रेस्टुरेन्ट सन्चालमा ल्याए।उनले आफू स्व्यमलाइ मात्र आर्थिक समृद्धिको यात्रामा अनुबन्ध गरेनन ताकी नेपालीहरुलाइ समेत रोजगार प्रदान गरेर रास्ट्रका सन्ततिलाईनै सबल र सक्षम बनाउने अभियानलाइ सारत्व प्रदान गरेका छन् ।उनै चर्चित एबम लोकपृय ब्यबसायी सापकोटासङ्ग ब्यबसायिक पाटोका सन्दर्भमा पोल्यान्ड नेपालका सम्पादक कलश खरेलले गरेको बिशेष कुराकानी …..
Poland Nepal बिशेष सम्वादमा व्यवसायी होमनाथ सापकोटा Part 1
Poland Nepal बिशेष सम्वादमा व्यवसायी होमनाथ सापकोटा Part 2