नमस्ते पोल्यान्ड
जनवरी १७ वार्सा पोल्यान्ड
हिमालय यति रेस्टुरेन्ट , पोल्ना वार्सामा नेपाल पत्रकार समिती पोल्यान्डको प्रथम औपचारिक बैठक सम्पन्न भएको छ । सस्थाको अध्यक्ष कलश खरेलको अध्यक्षतामा बसेको बैठक सचिब शुशन परियारले सन्चालन गर्नु भएको थियो । पोल्यान्डमा भएका नेपाली सस्थाहरुसंग सहकार्य गर्दै , पोल्यान्डबासी नेपालीहरु माझ सत्य तथ्य सुचना र समाचारको सम्प्रेषण गर्ने सस्थाको उद्देश्य रहेको छ ।
पत्रकार एबम मिडियाकर्मीको सकृयतामा , सुचना प्रवाह एबम समाचार सन्चारमा प्रभाबकारिता बढाउने उद्देश्य मुताबिक गठित समिति , समाजसेवी एबम SMS Service For You का शुत्रधार मित्रलाल पार्देको संरक्षकत्वमा रहेको छ ।
पोल्यान्डको जुनसुकै ठाउमा अबस्थित मिडिया सम्बद्ध र पत्रकारितामा रुचि भएका ब्यक्तिहरुले समितिमा सम्पर्क गरि सद्स्यता लिन आह्वान गरेको छ ।
यसै अनुरुप नमस्ते पोल्यान्डका प्रतिनिधि पनि समितीको सदस्य हुनु भएको छ। यसको लागि उहालाई बधाई एबम, सक्रिय सहभागीताको लागि शुभकामना व्यक्त गर्दछौं । साथै नेपाल पत्रकार समिती पोल्यान्डप्रति , हामी बिशेष आभारी छौ ।