एघार बर्ष पछि मात्र ताराबहादुरको गायिका छोरीलाई भेट्ने सपना साकार भयो

received_575971932826765

फोटो श्रोत : जनता टुडेको पेजबाट साभार

 

कलश खरेल 

हरेकका बाबू-आमाको सपना आफ्ना छोरा-छोरी प्रगती एबम सम्मुन्त यात्रा तय गरेको देख्न चाहान्छन।बाहिरी जगतमा वाइ-वाइले चर्चा चुलिएको आफ्ना सन्तती सङ्ग बर्षौ सम्म भेटन नपाउदाको छट्पटाहट कस्तो होला जुन बेदना सारत्व भोग्नेलाइ मात्र महसुस हुन्छ।रास्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थरमा समधुर आबाजबाट लाखौ दर्शक मन जितिसकेकी चर्चित गायिका बिस्णु माझिका बुवा तारा बहादुरले भेट्न 11 बर्ष सम्म कुर्नु पर्यो जहाँ छोरिको सम्झनाले हरेक पल सताइएका हुन्थे।आजको प्रबिधी सायद कुनै पनि देशको जुन सुकै कुनामा रहेपनी तत्काल नै खबर सन्चार गर्ने ल्याकत राख्दछ।२१ शताब्दीमा आइरहदा सोच-चिन्तन एबम बिचारमा कति सन्तुलित र दार्शनिक हुन सकेउ वा सकेनौ सायद यो बिस्लेषणको पाटो रहला।हालै मात्र गायिका बिस्णु माझि सम्बन्धि समाचार कान्तिपुरमा प्रकाशित भएपछी सबैको ध्यान माझी प्रती नै एकाग्रह भएको थियो।समाचारको प्रभाब र आम जनताको चासोका बिचमा स्याङ्जा प्रहरी कार्यालयले वास्तविक एबम तथ्य बिषय पहिल्याउन खोजी कार्य जारी राख्यो जसको परिणाम पति सुन्दर मणि अधिकारीका साथमा गायिका माझी स्याङ्जा स्थित जिल्ला प्रहरी कार्यालयमा उपस्थित भइन।जिल्ला प्रहरी कार्यालय अगाडि उनिहरुको आगमन रोचक र स्मरणीय नै थियो।आइतबार करिब एघार बजेतिर सेतो कलरको कारमा २ जना यात्री शान्त मुद्रामा एक पछि अर्को गर्दै बाहिर निस्किए।पहिला पुरुष त्यशपचात महिला जुन मुख माक्सले छोपिएको थियो भने टाउको कालो पछौरिले।सहजै चिन्न मुस्किल पर्थ्यो किनकी उनिहरुको हाउभाउ नै गुबचुप अबस्थामा थियो।मिडियाक्रमीको सोधखोजपछि उनिहरुको परिचय खुलस्त भयो।उनिहरु तिनै थिए गायक सुन्दर मणि अधिकारी र चर्चित गायिका बिस्णु माझी।उनिहरु हतार -हतार गरि प्रहरी कार्यालयमा छिरे र त्यहा रहेका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला,प्रहरी प्रमुख एसपी राजकुमार लम्साल लगायतको टोलि सङ्ग उनिहरुको अन्तरसम्बाद सुरु भयो।छलफलका क्रममा गायिका माझिका पति सुन्दरमणी अधिकारीनै बोल्न अग्रसर भएका थिए भने गायिका माझी निकै कम बोलेकि थिइन।छलफलमा अधिकारिले आफुहरु अन्तरजातीय बिबाह गरेको र समाजले छुटाउन चेस्टा अधिक गरेपश्यात गुमनाम जस्तै हुनु परेको बताएका थिए।छलफलमा माहोल निकै अत्यासपुर्ण रहेको थियो।उक्त भेटघाटमा गायिका माझिका बुवा ताराबहादुर आमा धर्म कुमारी,दाजु बैनी लगायतको उपस्थिती थियो।बुवा ताराबहादुर छोरिलाइ भेट्न पाउँदा निकै खुशी मुद्रामा देखिन्थे।यधपी गायक-गायिका दम्पतीले भने मिडियामाझ धाराणा राख्न अस्वीकार गरेका थिए भने बुवा-आमाले पनि खासै जबाफ दिएनन।स्मरण होस गायिका बिस्णु माझिका सन्दर्भमा बिगतदेखिनै जिज्ञासा् नउठेको हैन यधपी यो बिषय केही क्षण चर्चाको शिखरमा पुग्ने र मत्थर हुने देखिएको थियो।आगामी दिनमा थप अध्यन -अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याउन जरुरी देखिन्छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.