नुमनाथ न्यौपाने वारसवा पोल्यान्ड
जनसम्पर्क समिती पोल्यान्ड को भेटघाट तथा अन्तर्कृया कार्यक्रम सम्पन्न
बिगत केही समय यता रोजगारीको लागि पोल्यान्ड आउने नेपाली हरुको संख्या उल्लेख्य रुपमा बढिरहेको छ।नेपालमा बढ्दो भ्रस्टाचार घुसखोरीले गर्दा देशमा भएका दक्ष जनशक्ति पनि रोजगारी को अभाबमा बिदेशिने क्रम चलिरहेको छ,यतिमात्र नभएर बिदेश गएपछि टन्न पैसा कमाउन सकिन्छ,काम गर्न सजिलो हुन्छ भन्ने हाम्रो नेपाली मानसिक्ताले गर्दा पनि देशमै शिक्षक पेशा,डाक्टरी पेशा तथा राजनिती गर्दै आएका ब्यक्तिलाई पनि बिदेशको हावाले छुन सफल भईरहेको छ।यसैक्रममा पोल्यान्डमा रहेका नेपाली काङ्ग्रेस तथा प्रजातन्त्र प्रति आस्थावन ब्यक्तिहरुको सस्था जनसम्पर्क समिती पोल्यान्डले आज भेट्घाट तथा अन्तर्कृया कार्यक्रम हिमालयन यति रेस्टुरेन्ट वार्सावा पोल्यान्डमा सम्पन्न गरेको छ।जनसम्पर्क समिती पोल्यान्डकी सभापती डा एलिनी पोखरेल सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन संस्थाका महामन्त्री नारायण चालिसेले गर्नुभएको थियो।छलफलमा देशको समसामयिक राजनीतिक बिषय बस्तुमा छलफल भएको थियो साथै आगामी दिनमा पोल्यान्ड जनसम्पर्क समिती ले केन्द्र सम्म कसरी पहुच पुर्याउने भन्ने बिषयमा पनि छलफल गरिएको थियो।
कार्यक्रममा पोल्यान्ड बासी नेपालीहरुको उल्लेख्य सहभागिता थियो साथै आजकै दिन
सदस्यता बितरण समेत गरिएको
थियो।समितिले आगामी मे महिनामा महाधिवेशन गर्ने समेत निर्णय गरेको छ।
यसैबिचमा पोल्यान्डमा आफ्नो ब्यबसाय गर्दै आउनुभएका ब्यबसायी सन्चालक इश्वर श्रेस्ठको निधन प्रति समबेदना प्रकट गर्दै श्रेस्ठको सम्झनामा मौनधारण समेत गरिएको थियो।

कार्यक्रम पश्चात् उपस्थित ब्यक्तिहरुको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको थियो उक्त स्वास्थ्य परिक्षणको लागि डा बोधराज सुवेदी र डा अलिनी पोखरेल सुबेदीले विशेष भुमिका निर्वाह गर्नु भएको थियो साथै पोल्यान्डमा बसोबास गर्ने नेपालीहरुको कागजातमा भएको समस्याको बिषयमा समेत परामर्श कार्यक्रम गरिएको थियो। कार्यक्रममा उपस्थित ब्यक्तिहरु ले आ आफ्नो बिचार प्रस्तुत गरेका थिए र आगामी महाधिबेशनबाट जनसम्पर्क समिती पोल्यान्डले पोल्यान्डमा बसोबास गर्ने प्रजातन्त्र प्रति आस्था राख्ने सम्पुर्ण नेपालीलाई समेटेर लैजानुपर्ने बिचार राखेका थिए।आजको बैठकले जनसम्पर्क समिति पोल्यान्ड को प्रबक्ता तथा युबाप्रतिनिधी मा नुमनाथ न्यौपाने लाई चयन गरेको छ।