सन्तोष न्यौपाने बेल्जियम
१)जनवरी ३ तारीख देखि बेल्जियममा श्रम सम्बन्धी केही नियमहरु मा सरकार लचिलो बन्दै नेपाल जस्तै अन्य तेस्रो मुलुकहरुबाट पनि कामदार आउन सक्ने प्रावधानलाई सहज बनाएको मात्रै हो।
२) तपाईं युरोपको कुनै देशमा रहेर त्यो देशको नागरिक नभइसकेको तर स्थायी बसोबासको अनुमति पाएको खण्डमा पनि बेल्जियमको श्रम बजारमा तपाईं तेस्रो मुलुकको नागरिक कै रूपमा मानिनेछ।
३) नेपालबाट सिधै कामदार भिषामा आउनेहरूको खण्डमा तपाईंलाई तपाईंको कामदार कम्पनीले सबै ग्यारेन्टी गरेर तपाईंलाई कागजपत्र पठाइदिनु पर्नेहुन्छ।नेपाल स्थित बेल्जियम कन्सुलर मार्फत भिषा आवेदन दिएको ४ देखि ६ महिनामा भिसाको नतिजा आउनेछ। यसको लागि दुवै तर्फ सशक्त कागजपत्र पेस गर्नुपर्ने हुन्छ।
४) युरोपमै भयका नेपालीहरु जसको सेन्जेन देशको पी आर अथवा टी आर भयको छ उनीहरूको हकमा पनि कामदार कम्पनीले पुरै जिम्मेवारी लिएर तपाईंलाई हायर गर्न सक्यो भने तपाईं बेल्जियममा काम गर्न पाउनुहुन्छ।
५) यो नियमले बेल्जियममा रहेका नेपाली ब्यबसायीले नेपाल वा युरोपमा रहेका नेपाली कामदार बेल्जियम ल्याउन सक्छन्।यसको लागि विभिन्न चरण पार गरेर मात्रै अन्तिम नतिजा आउनेछ।अर्थात् अर्को अर्थमा भन्नु पर्दा पहिला ईलिगल बाटो हुँदै युरोप नेपाली छिराउने गरेका नेपाली दलालहरुले अब लिगल तरिकाले नेपाली ठूलो रकम लिएर बेल्जियमको श्रम बजारमा भित्र्याउन सक्छन्।त्यसरी आएकाहरु केही समय पश्चात बसोबासको अनुमति प्राप्त गर्नेछन्।
प्रस्तुत जानकारी बेल्जियममा बसेर लामो समय देखि पत्रकारिता गर्दै आउनु भएका सन्तोष न्यौपानेको फेसबुक स्ट्याटसबाट साभार गरिइएको हो ।