मुकुन्द भट्टराई
सन २०१३ जनवरी १ बाट मनाउन सुरु गरिएको नेपाली ढाका टोपी दिवस अहिले नेपालीजन हरू को बिस्वब्यापि रुपमा मै चर्चा को बिषय बनेको छ ।अंग्रेज़ी नया बर्ष जनवरी १ तारिखका दिन विशेषअवसर पारेर मनाउन सुरु गरिएको यो दिन नेपाली हरू को लागी अत्यंतै महत्वपूर्ण दिन साबित भएको छ ।
संस्थापकद्वय डा. लेखनाथ काफ्ले, शंकर बन्जाडे र टोपी परम्पराको थालनी गर्ने डा. गोविन्दसिंह रावत टोपी अभियानका अग्रज अभियानकर्ता हुन। क्यानडाबाट २०१० नोभेम्बरदेखि टोपी इभेन्टको नामबाट कार्यक्रममा अनिवार्य टोपी लगाएर उपस्थित हुने परम्पराबाट शुरू भएता पनि सो क्रमलाई निरन्तरता दिन सकिएको थिएन।जसलाई संस्थापक द्वय काफ्ले र बन्जाडेले सामाजिक संजाल मार्फत २०१३ जनवरी १ बाट अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको नामले अभियानको शुरुवात गरेका थिए।
पोल्यान्ड नेेेपाल संरक्षक पत्रकार समिति पोल्यान्ड संरक्षक मित्रलाल पार्देको स्वस्फूर्त फेसबुक र भाइबरको सूचनाको आधारमा उनको संयोजनमा आज अर्थात जनवरी १ मा warsaw मा सबै जसो संघ संस्था का प्रतिनिधि लगायत जम्मा भएर नेपाली टोपी र यसको महत्व तथा यसले नेपाली र नेपाल लाई बिश्व माँझ चिनाउन खेलेको भूमिका र यसको संरक्षण सम्वर्धनको लागी हामी आफैले के गर्न सकिन्छ त भन्ने बिषयमा वारसवा पोल्यान्डको ज्योती तारासे टोपी लगाएर बिदेशी समुदाय माझ टोपिको प्रचार प्रसार गरियो साथै उक्त स्वस्फूर्त भेटघाट कार्यक्रममा इनासका प्रभाकर अधिकारी , पृतम खरेल । सोही कार्यक्रममा गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारी,नेपाल पत्रकार समिति पोल्यान्डका अध्यक्ष कलश खरेल,,प्रबासी नेपाली एकता मन्चका अध्यक्ष टन्क कटुवाल,आनन्द घिमिरे जनसम्पर्क समितीका नारायण चालिसे , पोल्यान्ड नेपाल वरिष्ठ सम्वाददाता विदुर शर्मा महिला प्रतिमा अर्याल , समिक्षा शर्मा ब्यब्यसायी होमनाथ साप्कोटा देविराम भट्टराई रिषी तिवारी प्रकाश खरेल , शिवहरी अर्याल लगायतको उपस्थिति थियो साथै साना नानी बाबुहरु पनि उक्त भेटघाटमा सबैले आ-आफ्नो धारणा राखेका थिए ।
स्मरण रहोस् पोल्यान्डमा केही दिन अघि डा बोधराज सुवेदीको अध्यक्षतामा टोपी प्रतिष्ठान पनि गठन भएको छ । आज जम्मा भएको व्यक्तिहरुमा प्रतिष्ठानका सदस्यहरु मुकुन्द भट्टराई , मित्रलाल पार्देको उपस्थिति थियो साथै उक्त कार्यक्रममा आफू बिशेष कारण वश वारसवा भन्दा धेरै टाढा भएकोले उपस्थिति हुन नसकेकोले फोन मार्फत शुभकामना दिएका थिए ।
त्यसो त नेपाली सामाजिक संजालमा एक दिन टोपी लगाएर मात्र रास्टृयता झल्कदैन नेपाली टोपिलाई सधैभर सम्मान दिन सके मात्र नेपाली टोपी दिवसको औचित्य पूरा हुन्छ अन्यथा पदको लागि टोपी संस्था गठन गर्दैमा राष्ट्रियता नझल्कने गुनासो पनि धेरैले गरेका छन् ।
जे होस् धेरैको मत छ कि टोपी दिवसले समग्र देशको सकारात्मक राष्ट्रियता झल्काउने र बिदेशी माझ नेपालको चिनारी देखाउन विशेष भुमिका भने अवश्य खेल्नेछ ।