हिजो पोल्यान्ड नेपालमा कृष्ण प्रसाद ढकालको पासपोर्ट हराएको सूचना जारी भो । उक्त पासपोर्ट उनले बताए अनुसार २३ गते देखि हराएको थियो । पोल्यान्ड नेपालले जि डि पि आर लाई बेवास्ता गरेर नचाहदा नचाहदै सम्बन्धित व्यक्तिको पासपोर्टको हुलिया सहित प्रकाशित गरेको थियो ।
आज उक्त पासपोर्ट 07333625 पोल्यान्डको वल्ड टाउन शहरमा भेटिएको खबर प्राप्त भएको छ खुशी व्यक्त गर्दै कृष्ण प्रसाद ढकालले पोल्यान्ड नेपाललाई फोन गरेर धन्यवाद दिएका छन् । उनको समय र झन्डै ३५० देखि ४०० युरो खर्च सूचनाको भरमा बचाइदिन पाएकोमा पोल्यान्ड नेपाल परिवार खुशी क्यक्त गर्दछ ।
मित्र लाल पार्दे
संरक्षक , प्रधान सम्पादक (पोल्यान्ड नेपाल)
एवं पोल्यान्ड नेपाल परिवार